site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल–पाकिस्तान व्यापारिक कठिनाइ विषयमा चेम्बर–राजदूत छलफल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल–पाकिस्तानबीच भएका व्यापारिक कठिनाइएका विषयमा छलफल भएको छ । नेपाल चेम्बर अफ कमर्स र नेपालका लागि पाकिस्तानका राजदूत हैदर साहबीच बिहीबार छलफल भएको हो ।

छलफलामा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, कृषि, जडीबुटी, खानीलगायतका क्षेत्रमा लगानीकर्ता आकर्षित गर्न राजदूतलाई आग्रह गरे । चीनले नेपाललाई आठ हजार वस्तुहरूमा दिएको भन्सार सुविधाका कारण पनि नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उनले बताए । व्यावसायिक वातावरण विस्तार गर्न नेपाली र पाकिस्तानी व्यवसायीबीच ‘बायर्स—सेलर्स मिट’ गर्न उनले प्रस्ताव गरे ।

राजदूत साहले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको भन्दै चेम्बरजस्ता निजी क्षेत्रका संस्थाहरूले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने बताए । नेपालमा लगानीका सम्भावना र प्रमुख लगानी क्षेत्रबारे उनले चासो राखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC