site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मेलम्चीको पानी तीन दिनपछि धारा–धारामा ! 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेलम्चीको पानी अबको तीन दिनपछि काठमाडौंका घरघरमा आउने भएको छ । आयोजना सुरु भएको २२ वर्षपछि मेलम्चीको पानी काठमाडौंका धारा–धारामा पठाउन लागिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

मेलम्चीको पानी गएको फागुन २२ गते काठमाडौंको सुन्दरीजलमा झारिएको थियो । आयोजनाका अनुसार यही चैत १५ गतेदेखि पानी परीक्षणका रूपमा घरका धारा–धारामा पुर्‍याइने भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाशकुमार राई काठमाडौंका धारामा पुरानै पाइपलाइनबाट पानी पठाउने तयारी रहेको बताउँछन् । ‘‘हामीले पहिलो साता साढे आठ करोड र त्यसपछि साढे आठ करोड लिटर गरी १७ करोड लिटर धारामा पठाउनेछौँ,” उनले भने, ‘‘अहिलेसम्म ८० हजार धारामा पाइपलाइन जडान गरिएको छ । कुल एक लाख १० हजार धारामा पानी जोड्ने लक्ष्य थियो । अझै तीस हजार धारामा पाइपलाइन जडान गर्न बाँकी छ ।”

मेलम्चीको पानी वितरणका लागि नयाँ पाइप बिच्छ्याइए पनि त्यसको परीक्षण नभएको उनले बताए । ‘‘खानेपानी वितरणका लागि अन्तिम परीक्षण बाँकी छ । पुरानै पाइपबाट पानी पठाइनेछ । पुराना पाइपबाट पठाइएको पानी चुहावट भएर सडक हिलाम्य हुन दिने छैनौँ । त्यसपछि नयाँ पाइप परीक्षणका लागि १० प्रतिशत पानी पठाइनेछ । परीक्षण अवधि करिब तीन महिना रहनेछ,” उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC