site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एमसीसीमा १ अर्ब ११ करोड खर्च, चालु आवमा ९ अर्ब १० करोड खर्च गर्ने योजना
Sarbottam CementSarbottam Cement

काठमाडौं । विवादास्पद मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालमा चालु आर्थिक वर्षको दोस्रो चौमासिक समाप्तिसम्म १ अर्बभन्दा बढी खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार ९ अर्ब १० करोड रुपैयाँ विनियोजन भएकामा ८ महिना बित्दा १२.२३ प्रतिशत खर्च भएको हो ।

चालु आवमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का लागि चालुतर्फ १ अर्ब २७ करोड र पुँजीगततर्फ ७ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएकामा चालुतर्फ १६.२८ प्रतिशत र पुँजीगततर्फ ११.५७ प्रतिशत खर्च भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्थ मन्त्रालयले मिलेनियम च्यालेन्ज कार्यक्रम निर्माण सम्झौता हुने चरणमा रहेको जनाएको छ । परियोजनाका लागि सफ्टवेयर तथा अन्य आवश्यक उपकरण खरिद प्रक्रियामा छ । मन्त्रालयले रातमाटे सबस्टेसनको लागि जग्गाप्राप्तिको भुक्तानी चरणमा रहेको उल्लेख गरेको छ ।

एमसीसीमार्फत अमेरिकाले ५० करोड अमेरिकी डलर अनुदान उपलब्ध गराउने र नेपाल सरकारको तर्फबाट सो कार्यक्रममा १३ करोड अमेरिकी डलर बराबरको रकम विनियोजन गर्नुपर्ने व्यवस्था छ । उक्त रकम ऊर्जा र यातायात विकासका क्षेत्रमा सम्झौता लागु भएको मितिबाट पाँच वर्षभित्र परिचालन गरिसक्नुपर्नेछ ।

Global Ime bank

यो परियोजनाअन्तर्गत काठमाडौको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्मको खण्ड, रातमाटेदेखि हेटौँडासम्मको खण्ड, रातमाटेदेखि दमौलीसम्मको खण्ड, दमौलीदेखि बुटवलसम्मको खण्ड र बुटवलदेखि भारतको सिमानासम्मको खण्ड अर्थात करिब ३१५ किलोमिटरको ४०० केभी क्षमताको प्रसारणलाइन तथा रातमाटे, दमौली र बुटवलमा तीनवटा सबस्टेसन निर्माण गरिने एमसीए नेपालले जनाएको छ ।

यस्तै, पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको चन्द्रौटादेखि लमही हुँदै बाँके र दाङमा पर्ने शिवखोलासम्मको कुल १०० किलोमिटर सडकको स्तरोन्नति गरिनेछ ।

नेपालमा यो परिमाणको लगानीबाट हालसम्म कुनै पनि आयोजना ५ वर्षभित्र सम्पन्न भएको उदाहरण छैन । यो आयोजना पाँच वर्षभित्र सम्पन्न हुन नसके फिर्ता जाने चुनौतीयुक्त विशेषता बोकेको एमसीए नेपालले जनाएको छ । नेपालमा यो परियोजना अगाडि बढाउन अर्थ मन्त्रालयका अर्थसचिवको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको छ ।

बोर्ड सञ्चालक समिति सदस्यमा ऊर्जा र सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, निजी क्षेत्र र नागरिक समाजबाट एक/एकजना प्रतिनिधि राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC