site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बिमा कम्पनीमा सञ्चालकलाई उमेर हद ! लघुबिमामा नियमन शुल्क घट्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रस्तावित बिमा प्राधिकरण ऐन विधयेकमा बिमा कम्पनीको सञ्चालकलाई उमेर हद तोक्ने तयारी भएको छ ।

प्रधिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको बिमा विधयेकमा बिमा कम्पनीको सञ्चालकलाई उमेरहद तोक्नुपर्ने विषयले प्रवेश पाएको हो ।

विधेयकको दफा ४९ मा सञ्चालकको कार्यकाल ४ वर्ष  र उक्त सञ्चालक पुनः नियुक्त अथवा मनोनीत हुन सक्नेछ भन्ने उल्लेख रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर संसदीय समितिमा छलफलको क्रममा त्यसलाई परिमार्जन गर्दै कुनै पनि सञ्चालक लगातार दुई कार्यकालभन्दा बढी एउटै कम्पनीको सञ्चालक हुन नपाउने र चारवर्ष बाहिर रहेर पुनः सोही कम्पनीको सञ्चालक हुन पाउने व्यवस्था गर्नुपर्ने व्यवस्था गर्न खोजिएको छ ।  

राजश्व सचिव रामशरण पुडासैनीले सोही दफामा बिमा कम्पनीका सञ्चालकलाई ४० वर्षको उमर हद राख्नुपर्ने प्रस्ताव गरेका थिए ।

Global Ime bank

उक्त प्रस्ताव आएपछि समितिका सभापति कृष्णप्रसाद दाहालले ६५ वर्ष उमेर हद राख्ने विषयमा थप छलपल आवश्यक रहेको बताएका हुन् । 

पुडासैनीले अर्थ मन्त्रालय अन्तरगतका अन्य संस्थामा पनि ६५ वर्षको उमेर हद राख्न लागिएको र वाफियामा पनि उक्त प्रस्ताव राखिएकोले बिमा ऐनमा पनि राख्नुपर्नेमा जोड दिए ।

सभापति दाहालले लगानी गर्नेलाई सञ्चालक नबन्नू भनेर कसरी भन्ने ? भनी गरेको प्रश्नमा सचिव पुडासैनीले बिमा कम्पनी पब्लिक कम्पनी भएकोले एउटै व्यक्ति सञ्चालक हुनुपर्छ भन्ने नभएको जवाफ दिए ।

बिमा ऐनमा नै स्वतन्त्र सञ्चालक भने कम्पनीको अध्यक्ष बन्न नपाउने व्यवस्था आउने भएको छ ।

यस्तै बिमा कम्पनीले सार्वजनिक निष्कासन गर्दा अनिवार्य रुपमा ५ प्रतिशत सेयर कर्मचारीलाई छुट्याउनुपर्ने प्रस्तावित विधेयकमा अब त्यसलाई अनिवार्य नगर्ने तर अधिकतम ५ प्रतिशतसम्म कर्मचारीलाई छुट्याउन सक्ने भएका छन् । 

यस्तै सार्वजनिक निस्कासन गर्दा कम्तिमा एकवर्ष व्यवसाय सञ्चालन गरेको लेखा परीक्षण भएको ब्यालेन्ससिट आवश्यक पर्ने व्यवस्था ऐनमा नै आउने भएको छ ।

यस्तै बिमा कम्पनीको सञ्चालक हुन सरकारी वा संगठित संस्थामा ३ वर्षको कार्यअनुभव चाहिनेछ । बिमकको सञ्चालक सम्पत्ति शुद्धीकरण कसुरमा कसुरदार ठहर भएका व्यक्ति पनि सञ्चालक बन्न पाउने छैनन् ।

यस्तै बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन तोकिएको शैक्षिक योग्यताको साथै व्यवस्थापकीय तहमा बिमा क्षेत्रमा भए ४ वर्ष, बिमा र बैंकिङमा भएर ७ वर्ष र बैंकमा मात्रै भए ८ वर्षको अनुभव हासिल भएको हुनपर्ने ऐनले व्यवस्था गर्नेछ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC