site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
खोप लगाएको दुई दिनपछि पाकिस्तानी प्रधानमन्त्रीलाई कोभिड–१९ संक्रमण पुष्टि
Sarbottam CementSarbottam Cement

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शनिबार कोभिड–१९ संक्रमण पुष्टि भएको पाकिस्तानी अधिकारीहरूले पुष्टि गरेका छन् ।

पाकिस्तानी सूचनामन्त्री शिब्ली फराजले जियो न्युज टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्री खान खोप लगाउनुभन्दा पहिले नै सार्वजनिक कार्यक्रमहरूमा सक्रिय रहेकाले त्यही समय संक्रमण सरेको हुनसक्ने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड–१९ विरूद्धको पहिलो खोप लगाएको ठिक दुई दिनपछि उनलाई संक्रमण भएको पुष्टि गरिएको छ । ६८ वर्षीय प्रसिद्ध पूर्वक्रिकेट खेलाडीसमेत रहेका प्रधानमन्त्री खानले बिहीबार चीनमा विकास गरिएको सिनोफार्म खोप लगाएका थिए ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी भनेको छ, “अहिले हामी यति मात्र भन्न सक्छौँ कि प्रधानमन्त्री खानलाई संक्रमण पुष्टि भएको छ र उहाँले आफूलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्नुभएको छ ।”

Global Ime bank

प्रधानमन्त्री खानलाई शनिबार हल्का खोकी र हल्का ज्वरो आएको पुष्टि उनका प्रवक्ता सहबाज गिलले गर्दै उनको शनिबार नै परीक्षण हुँदा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । प्रधानमन्त्रीलाई संक्रमण पुष्टि भएपछि विगत केही दिनमा उनको निकट पुगेका व्यक्तिहरूलाई सावधानी अपनाउन भनिएको छ ।

यसैबीच, प्रवक्ता गिलले भने, “संक्रमण पुष्टि हुनुलाई खोपसँग जोडेर नहेरिदिनोस् । खोप लगाएको केही हप्तापछि मात्र शरीरमा कोभिडविरूद्धको प्रतिरक्षा प्रणाली विकास हुने हो । तपाईंको मान्यजनहरू तथा प्रियजनलाई खोप लगाउने सुनिश्चित गराउनुहोस् । सचेत रहनुहोस् ।”

पाकिस्तानमा शनिबारसम्ममा छ लाख २० हजार संक्रमित रहेको सरकारी तथ्यांक रहेको छ भने यहाँ कोभिड–१९ संक्रमित १३ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

पाकिस्तानले चीनबाट सहयोगप्राप्त १० लाख खोपलाई प्रथमिकताका आधारमा स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिने कर्मचारी, पत्रकारलगायतका जोखिममा रहेका व्यक्तिहरूलाई दिन सुरू गरिसकेको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  २०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC