site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जावा पेराक सबै शोरुपमा उपलब्ध, मूल्य ७ लाख ५० हजार
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंकले सबै शोरुममा जावा पेराक उपलब्ध रहेको जनाएको छ । यो बाइक बीएस–सिक्स इन्जिनयुक्त रहेको छ ।

यो बाइकको टेस्ट राइड काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवा शोरुमबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जावा मोटरसाइकल नेपालमा गएको असोज २७ गते सार्वजनिक गरिएको थियो । अग्नि मोटो इंकले नेपालको बजारमा सबैभन्दा धेरै चर्चित र पर्खाइ रहेको जावा पेराक ल्याई नेपालका आफ्ना शाखा र डिलर भएको स्थानमा उपलब्ध गराइएको जनाएको छ ।

Global Ime bank

जावा पेराक बीएस–सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनसहित आएको छ । यसले ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्न सक्षम रहेको कम्पनीले जनाएको छ ।

स्टाइलअनुसार पेराक बबर बाइक रहेको कम्पनीले जनाएको छ । पेराकको अगाडि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोर्क्स र पछाडि मोनोसक सस्पेन्सन रहेको जनाइएको छ । दुवै पांग्राहरुमा सिंगल डिस्क ब्रेक रहेको छ ।

जावा पेराकको सुरुवाती मूल्य ७ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जावा नेपालका महाप्रबन्धक शरद मिश्रले पेराक नेपाली बजारमा सफल हुने विश्वास व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC