site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पर्वतमा चुनावी रौनक : डिजिटल मार्केटिङदेखि रिङरोडसम्म एजेन्डा
Sarbottam CementSarbottam Cement

पर्वत । पर्वतमा अहिले चुनावी माहोल छ । यो उद्योग वाणिज्य संघको १७ औँ अधिवेशन हो । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनपछिको सबैभन्दा ठूलो चुनाव भएका कारण पनि उवासंघको शनिबार हुने चुनावले जिल्ला नै तातेको छ ।

चुनाव उद्योगी तथा व्यवसायीको संस्थाको भएता पनि प्रष्टरुपमै राजनीतिक दल संलग्न छन् । शनिबार हुने चुनावमा कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलबाट शिव शर्मा पौडेलको दाबेदारी रहेको छ ।

अर्कातर्फ वामपन्थी दलको समर्थनमा गोपी अधिकारी चुनावमा होमिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अधिकारी समूहले आफूहरुलाई साझा, स्वतन्त्र, समावेशी र व्यवसायिक समूहले रहेको प्रचार गर्दै आएको छ ।

अधिकारी माओवादी केन्द्र निकटका व्यवसायी हुन् ।

Global Ime bank

केन्द्रीय राजनीतिमा एमालेभित्रै दुई गुटको समानान्तर अभ्यास हुँदा यहाँको चुनावमा भने एमालेका उमेदवार छैनन् । 

ब्युँतिएको एमालेका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदम गिरी पनि माओवादी केन्द्रका उमेदवारसहितको प्यानल घोषणा कार्यक्रममा सहभागी भएका थिए ।

राजनीतिक छवि बाहेक यहाँ हुने व्यवसायीको चुनावमा दुवैपक्षका उमेदवारहरुले आ–आफ्ना एजेन्डा अगाडि सारेका छन् । 

शिव शर्मा पौडेल प्यानलले डिजिटल मार्केटिङलाई जोड दिएको छ भने अधिकारी समूहले कास्कीको नयाँपुलदेखि हेम्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा त्यसलाई अभियान स्वरुप सहकार्य गर्ने बताएको छ ।

एक लाख रुपैयाँ सीड मनि दिएर उपशाखा विस्तार गर्ने एजेन्डा लिएर अधिकारी समूह मतदातासमक्ष पुगेको छ ।

पौडेल समूहले चाहिँ बाँकी रहेका स्थानीय तहमा उपशाखा खोल्ने, पान भ्याटको तालिमदेखि पर्यटकीय प्याकेज, खेलमैदान देखि सिटीहल निर्माण, लप्सी, अदुवा कफीको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने एजेन्डा तय गरेको छ ।

यी एजेन्डा तीन महिनाभित्रै पूरा गर्ने अध्यक्षका दाबेदार पौडेलले बताए ।

उवासंघको कोष बढाएर पाँच करोड पुर्‍याउने, प्रत्येक उपशाखालाई २० लाखको कोष बनाउने र ब्याज रकम व्यवसायीको हकहितमा खर्च गर्ने यो समूहको योजना छ । 

अधिकारी समूहले चाहिँ कुश्मामा कालिका मन्दिर बनाउने, पर्वतलाई व्यापारिक हब बनाउने एजेन्डा अगाडि सारेको छ ।
यी एजेन्डामध्ये मतदाताले कसलाई पत्याउँछन त्यो भने शनिबारको निर्वाचनले नै बताउनेछ ।

कुल २२९३ मतदाता रहेको निर्वाचनमा अध्यक्ष र २२ सदस्यहरु चुनिनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC