site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थले अरु मन्त्रालयलाई भन्यो– नयाँ आयोजना प्रस्ताव नगर्नू
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा नयाँ आयोजना प्रस्ताव नगर्न अर्थ मन्त्रालयले अन्य मन्त्रालयहरुलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयसँग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो ।

अर्थ मन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्तावभन्दा पनि अघिल्लो आर्थिक वर्षका क्रमागत आयोजना नै समयमै सम्पन्न गर्न आग्रह गरेको हो । छलफलमा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख तथा सहसचिव धनीराम शर्माले अघिल्ला आर्थिक वर्षको क्रमागत आयोजना नै सम्पन्न गर्ने विषयलाई प्राथमिकताका साथ राखी सोहीअनुरुप योजना तर्जुमा गर्न आग्रह गरे । उनले अगाडि नबढाई नहुने आयोजना भने अध्ययनको लागि प्रस्ताव गरेर अगाडि बढाउन सकिने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्थ मन्त्रालयले सरकारले उपलब्ध गराउने सःसर्त अनुदानको बारेमा भने त्रिपक्षीय छलफल गरेर मात्र योजना बनाउने भएको छ । सःसर्त अनुदानमा सञ्चालित आयोजनाको कार्यान्वयन प्रभावकारी नभएको र अपनत्व पनि कसैले नलिएको कारण अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र प्रदेशसँग छलफल गरेर मात्र अगाडि बढाउने महाशाखा प्रमुख शर्माले जानकारी दिए ।

अर्थ मन्त्रालयले कार्यसञ्चालन खर्चमा समेत मितव्ययीता अपनाउन आग्रह गरेको छ । सरकारले आगामी बजेटमा कार्यसञ्चालनसम्बन्धी बजेट वृद्धि नगर्ने भएकाले मन्त्रालयहरुलाई बजेट नबढाउन आग्रह गरिएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC