अर्थ व्यवसाय
काठमाडौं । कुमारी बैंक र मेरिना इम्पेक्सबीच छुटबारे सम्झौता भएको छ । जसअनुसार मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाई सम्बन्धी सेवामा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकले विशेष छुट पाउनेछन् ।
मेरिना इम्पेक्सले काठमाडौंको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाल लगायत विभिन्न शाखाबाट सर्टिङ–सुटिङ लगायत सबै सेवामा २० प्रतिशतसम्मको छुट प्राप्त दिनेछ ।
सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा मेरिना इम्पेक्सका प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरे ।
प्रकाशित मिति: आइतबार, चैत १, २०७७ २१:३६
प्रतिक्रिया दिनुहोस्