site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सडक निर्माणमा त्रुटि नगर्न प्रधानमन्त्रीको निर्देशन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटि नगर्न निर्देशन दिएका छन् ।

आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणमा भएका प्राविधिक त्रुटिका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक त्रुटि नगर्न निर्देशन दिएका हुन् । यात्रुहरुको सुरक्षाको प्रत्याभूति हुने गरी सडक निर्माण गर्न पनि उनले निर्देशन दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले दुर्गम ठाउँहरुमा पनि सुरक्षित पक्की सडक बन्नुपर्ने र अब निर्माण हुने सडकहरु कच्चा र असुरक्षित हुन नहुनेतर्फ ध्यानाकर्षण गराए । “दुर्गम क्षेत्रहरुलाई पनि पक्की बाटाहरु, पक्की भन्नाले कालोपत्रे मात्र होइन, त्यसको किनारमा पक्की हुनुपर्छ । त्यसको भित्तातिर पक्की हुनुपर्छ । पहिरोबाट सुरक्षित हुनुपर्छ । किनारबाट गाडी नखसोस् । त्यस प्रकारको डिफेन्स वालहरुसहित, पिल्लरहरुसहित राखिएका सडकहरु । अब बन्ने सडकहरु कच्चा अथवा असुरक्षित सडकहरु हुनु हुँदैन,” उनले भने, “सडक राम्रा, फराकिला, पक्की सडक र सुरक्षित सडक हुनुपर्दछ । यो चाहे स्थानीय तहले, प्रदेशले अथवा संघीय सरकारले जहाँसुकैबाट निर्माण भए पनि यी पक्षहरुमा ध्यान दिनुपर्दछ ।”

प्रधानमन्त्री ओलीले पक्की सडक भएको ठाउँमा पनि स्तरोन्नति तथा सुधारको काम गर्नुपर्ने औँल्याए । सडक दुर्घटनालाई रोक्न ट्राफिक अनुशासनको कार्यान्वयन तथा अनुगमन गर्नुपर्ने उनले उल्लेख गरे । पक्की सडक निर्माणमा कालोपत्रे गरेर मात्रै नहुने भन्दै उनले कस्तो स्तरको सडक बन्दै छ, त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए । सरकारले सडक निर्माणको कामलाई तीव्रता दिएको पनि उनले बताए ।

Global Ime bank

आइतबार प्रधानमन्त्री ओलीले २८३ स्थानीय तहका केन्द्रलाई राष्ट्रिय सडक सञ्जाल वा प्रदेश राजधानीसँग जोडिने गरी प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC