site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तातोपानी नाकाबाट पहिलोपटक मल आयो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । उत्तरी सीमानाका तातोपानीबाट पहिलोपटक नेपालमा रासायनिक मल भित्रिएको छ ।

तातोपानी नाकाबाट यसअघि खाद्यान्न, लत्ताकपडा, इलोक्ट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेको भए पनि यो साता भने ८० हजार बोरा अर्थात चार हजार टन रासायनिक मल भित्रिएको छ । साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्र्याएको हो । चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत मल ल्याइएको हो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले यही फागुन २३ गते पहिलोपटक सो नाकाबाट रासायनिक मल नेपाल भित्रिएको बताए । अहिलेसम्म २८० टन युरिया मल आइसकेको छ । हरेक दिन चार-पाँचवटा कन्टेनरमा रासायनिक मल आइरहेको प्रमुख खत्रीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उत्तरी नाकाबाट पनि रासायनिक मल ल्याउन सके कृषकहरुले समयमै प्रयोग गर्न पाउने हुँदा मल आयात गरेको सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताए । चीनबाट पाँच दिनमा नाकासम्म र सात दिनभित्र काठमाडौंसम्म मल ल्याउन सकिने उनको भनाइ छ ।

सुरुमा परीक्षणका लागि सानो परिमाणमा चार हजार टन मल नेपाल ल्याइएको हो । कृषि मन्त्रालयका सहसचिव काञ्चनराज पाण्डेले उत्तरी नाकाबाट मल ल्याउँदा कृषकहरुलाई मूल्यमा प्रतिकेजी दुईदेखि तीन रुपैयाँ सस्तो पर्ने बताए । तातोपानी नाकाबाट भित्रिएको मल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछापलगायत पहाडी जिल्लाका किसानले छिट्टै प्रयोग गर्न पाउनेछन् ।

Global Ime bank

चीनबाट मल ल्याउन पहिलोपटक साल्ट ट्रेडिङले आह्वान गरेको ग्लोबल टेन्डरमार्फत सिल्कले अनुमति पाएको हो । भारत हुँदै ल्याउने विकल्पमा अहिले तातोपानी नाकाबाट मल ल्याउन थालिएको हो ।

तातोपानी नाकाबाट मल ल्याउन सके किसानलाई समयमै सहज मल उपलब्ध गराउन सकिने कृषि विभागका महानिर्देशक डा. गोविन्दप्रसाद शर्माले बताए । हाल किसानले प्रतिकेजी करिब १८ रुपैयाँमा मल खरिद गर्न पाउनेछन् । बंगलादेशबाट 'जीटुजी'मार्फत मल आयात भइरहेको र तातोपानी नाकाबाट पनि मल आयात सुरु भइसकेकाले आगामी वर्ष किसानलाई मल अभाव नहुने उनको दाबी छ ।

आयात गरिएको प्रत्येक कन्टेनरमा ५०० वटा बोरा हुन्छन् । एउटा बोरामा ५० केजी युरिया मल हुन्छ । मलको प्रतिबोरा औसत खरिद मूल्य दुई हजार ३२२ रूपैयाँ ४४ पैसा रहेको छ । एक हजार ४३३ रुपैयाँ ७७ पैसा अनुदानसहित काठमाडौं, बनेपा, विदुरका किसानले ८८८ रुपैयाँ ६७ पैसा प्रतिबोरामा मल खरिद गर्न पाउनेछन् ।

भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रुपमा सञ्चालनमा आएको हो । नाकाबाट दैनिक १४ कन्टेनर सामान पनि आयात भइरहेको छ । अहिले सबैभन्दा बढी मल आयात भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC