site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निर्वाण चौधरी वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर्स-२०२१ मा छनोट
Sarbottam CementSarbottam Cement

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वर्ल्ड इकोनोमिक फोरमअन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास-२०२१ का लागि छनोट भएका छन् । आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल युवाहरूलाई फोरमले नेतृत्व विकास कार्यक्रमका लागि विश्वभरबाट गोलबन्द गर्दै आएको छ ।

फोरममा छनोट भएपछि चौधरीले विश्वस्तरीय मञ्चमा सहभागी हुन पाउँदा हर्षविभोर भएको बताए । “विश्वभर उद्यमशीलता र नेतृत्व विकासमा योगदान पुर्‍याउँदै आएको फोरमबाट म सधैं प्रेरित रहँदै आएको छु । फोरमले विभिन्न क्षेत्र, मुलुक र पहिचान बोकेका समुदायमा नेतृत्व विकासका लागि पुलको भूमिका खेल्दै आएको छ,” उनले भने, “म यस्तो मञ्चमा सहभागी हुन पाउँदा गर्व गर्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

सन् २००४ मा वर्ल्ड इकोनोमिक फोरमले अन्तरसम्बन्धित विश्वव्यापी मुद्दा र चुनौती सामना गर्न तथा निकासको बाटो पहिल्याउन सघाउँछ । यो फोरम नेतृत्व उत्सव मनाउने विश्वव्यापी मञ्च बनेको छ ।

फोरममा १२० भन्दा बढी मुलुकका १,४०० सदस्य/पूर्वसदस्य छन् । यीमध्ये कतिपय सदस्य सरकार प्रमुख, ‘फर्च्युन ५०० कम्पनी’का कार्यकारी, नोबेल र ओस्कार विजेता, राष्ट्रसंघका सद्‍भावना दूतलगायत छन् । हरेक वर्ष विश्वभरबाट चुनिएका हुने हजारौं उमेदवारमध्ये छनोट समितिले क्षमता र समावेशिताका आधारमा १ सयदेखि १५० नयाँ सदस्य छनोट गर्छ । यो वर्ष १० हजार उमेदवारबाट ५६ मुलुकका ११२ नयाँ सदस्य छानिएको जनाइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC