site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सकियो महिला चेम्बरको व्यापार मेला
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीनदिने व्यापार मेला बुधबार सकिएको छ ।

समापन कार्यक्रममा व्यापारिक प्रदर्शनी तथा मेलाका उत्कृष्ट सहभागी एवं स्टलहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कृत गरे । महानिरीक्षक खनालले महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुने बताए । साना र घरेलु उद्योगहरूलाई प्रवर्द्धन गर्दै मुलुकलाई औद्योगीकरणको मार्गमा लैजान उनले व्यवसायीहरुलाई आग्रह पनि गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमीहरूको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीहरूको बजारीकरण गर्न कार्यक्रम सफल भएको बताए ।

व्यापार मेला आयोजक नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिला उद्यमीहरूको स्तर तथा क्षमतावृद्धि गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन यस्ता कार्यक्रमहरू गरिरहेको बताइन् । “महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छ, सबै क्षेत्रहरूमा समान अवसर उपलब्ध गराएर विकासको आधार बनाउन सकिन्छ ।”

Global Ime bank

व्यापार मेलाको उत्कृष्ट स्टल मण्डला सिल्क भयो भने अग्नि नेपाल प्रालिले दोस्रो भयो । यस्तै तृतीय स्थान गोर्खा चेम्बर अफ कमर्सले प्राप्त गरेको छ । मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्ता लगायतका ९० स्टल राखिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC