site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रोयल मर्चेन्टबाट कर्जा प्रवाहमा ४० करोड घोटाला
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स घोटालाकाण्डमा तत्कालीन सञ्चालक छविरण अधिकारीसहित सात सञ्चालक, ऋणी, धितो मूल्यांकनकर्ता र बैंकका कर्मचारीलाई मुद्दा हालेको छ । आयोगले अधिकारीसहित ३७ जनाबाट ३९ करोड २५ लाख रुपैयाँ बिगो दाबीसहित ११ वटा मुद्दा हालेको छ ।
 
आयोगले रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र सो फाइनान्ससमेत मर्ज भई बनेको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक (हाल एपेक्स डेभलपमेन्ट बैंक नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा मर्ज भएको) मा नागरिक लगानी कोषका तर्फबाट सञ्चालकमा नियुक्त भएका अधिकारीसहित ३७ जनाविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।
 
नेपाल राष्ट्र बैंकले व्यवस्थापन आफैं लिएर चारवटा विकास बैंकलाई एकसाथ एनसीसी बैंकमा मर्जर गराएको थियो । जसमध्ये एपेक्स डेभलपमेन्ट बैंकमा ठूला–ठूला कर्जा घोटाला भएको पाइएपछि एनसीसी बैंक र एपेक्स डेभलपमेन्ट बैंक डिमर्जका अवस्थानजिक पुगेका थिए ।
 
तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका सञ्चालक अधिकारीसँगै यसअघि एपेक्सको अर्को घोटलामा संलग्न नेपाली कांग्रेसका नेता तथा एपेक्सका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धितालसहित १३ जनामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो ।
 
त्यतिबेला एनसीसी बैंकसँग मर्जको प्रारम्भिक सम्झौता गरे पनि बैंकको अध्यक्ष, सञ्चालक र केही कर्मचारी समेतको मिलेमतोमा बैंकको विभिन्न शाखा कार्यालयबाट कमसल धितो राखेर बढी कर्जा दिइएको थियो ।
 
नागरिक लगानी कोषको नवौँ तहको कर्मचारी हुँदा कोषको समेत लगानी रहेको तत्कालीन फाइनान्समा कोषका तर्फबाट सञ्चालक बनेका अधिकारी पदमा बहाल रहँदा बैंकिङ प्रक्रियाविपरीत कर्जा संलग्न भएको अख्तियारको दाबी छ । उनलाई कारबाही गर्न भनी परेको उजुरीको छानबिन गर्दा अन्य सञ्चालकसमेत घोटलामा संलग्न देखिएका हुन् ।
 
तत्कालीन फाइनान्सका सञ्चालकहरू छविरमण अधिकारी, वसन्त मल्ल, मधुवनलाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यले दरबारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जामा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डसमेत नअपनाई अनियमितता, लापरबाही ढंगबाट कर्जा दिएको आयोगको ठहर छ ।
 
कोविरुद्ध कति बिगो दाबी ? को–को संलग्न ?
१. छविरमण अधिकारीसमेत ११ जना : २ करोड १ लाख ९५ हजार रुपैयाँ
मूल्यांकनमा बद्नियति गर्ने : राजु पोख्रेल
ऋणी : रविन लामा
कर्मचारी : विकास श्रेष्ठ र प्रदीपबहादुर कर्मचार्य (रोयल)
 
२. छविरमण अधिकारीसमेत १० जना : ३ करोड ८७ लाख ९५ हजार रुपैयाँ
मूल्यांकनमा बदनियत ১गर्ने : सुरज श्रेष्ठ
ऋणी : एमबीडीएस सुपरमार्टका सञ्चालक अनोजकुमार श्रेष्ठ
कर्मचारी : प्रदीपबहादुर कर्मचार्य (रोयल)
 
३. छविरमण अधिकारीसमेत १३ जना : २ करोड १५ लाख २६ हजार रुपैयाँ
ऋणी : घनश्याम घिमिरे, पर्शुराम खनाल, इन्नोभेटिभ कन्सेप्ट नेपालका सञ्चालक मनोजकुमार भेटवाल
कर्मचारी : विकास श्रेष्ठ र गोकर्ण कट्टेल (रोयल)
 
४. छविरमण अधिकारीसमेत १२ जना : ४ करोड ६३ लाख ६८ हजार रुपैयाँ
मूल्यांकनमा बदनियति गर्ने : कोमानन्द अधिकारी
ऋणी : पञ्चकन्या सप्लायर्सका सञ्चालक नरेश दाहाल
कर्मचारी : विकास श्रेष्ठ, गोकर्ण कट्टेल र प्रदीपबहादुर कर्मचार्य (रोयल)
 
५. छविरमण अधिकारीसमेत १२ जना : ४ करोड ३५ लाख ९९ हजार रुपैयाँ
मूल्यांकनमा बदनियति गर्ने : कमल प्रजापति
ऋणी : बहुमुखी व्यापार कम्पनीका सञ्चालक रामबहादुर शाह
कर्मचारी : विकास श्रेष्ठ, गोकर्ण कट्टेल र प्रदीपबहादुर कर्मचार्य (रोयल)
 
६. छविरमण अधिकारीसमेत ११ जना : २ करोड ९४ लाख ९२ हजार रुपैयाँ
मूल्यांकनमा बदनियति गर्ने : सुरज श्रेष्ठ र राजु पोख्रेल
ऋणी : हजुरको हार्डवेयरका सञ्चालक मुकुन्दप्रसाद पराजुली
कर्मचारी : प्रदीपबहादुर कर्मचार्य (रोयल)
 
७. छविरमण अधिकारीसमेत १७ जना : १ करोड ७५ लाख ६८ हजार रुपैयाँ
मूल्यांकनमा बदनियति गर्ने : नरेश स्वाँर
ऋणी : अरुणिमा हाउजिङका सञ्चालक रोहित दाहाल र लेखनाथ दाहाल तथा इन्नोभेटिभ कन्सेप्ट नेपालका सञ्चालक मनोजकुमार भेटवाल
कर्मचारी : सन्तोष धिताल र सागर न्यौपाने (एपेक्स) तथा विकास श्रेष्ठ, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, ऋषिराज भट्ट र प्रमोद भट्टराई (रोयल)
 
८. छविरमण अधिकारीसमेत १५ जना : ११ करोड ११ लाख ५९ हजार रुपैयाँ
मूल्यांकनमा बदनियति गर्ने : राजु पोख्रेल
ऋणी : इन्नोभेटिभ कन्सेप्ट नेपालका सञ्चालक मनोजकुमार भेटवाल
कर्मचारी : विकास श्रेष्ठ, प्रदीपबहादुर कर्मचार्य, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, ऋषिराज भट्ट र प्रमोद भट्टराई (रोयल)
 
९. छविरमण अधिकारीसमेत १४ जना : १ करोड ४५ लाख १ हजार रुपैयाँ
मूल्यांकनमा बदनियति गर्ने : नरेश स्वाँर
ऋणी : गुरु गोरखनाथ प्रालिका सञ्चालक मञ्जिल भेटवाल
कर्मचारी : सन्तोष धिताल, सागर न्यौपाने, विकास श्रेष्ठ, दुर्गादत्त जोशी, रामचन्द्र बसौला र ऋषिराज भट्ट (एपेक्स)
 
१०. छविरमण अधिकारी १० जना : ५ करोड ८७ लाख ३३ हजार रुपैयाँ
मूल्यांकनमा बदनियति गर्ने : सुरेन्द्र चापागाईं
ऋणी : बादशाह फुडल्यान्डका सञ्चालक ऋषिस्वर थपलिया
कर्मचारी : प्रदीपबहादुर कर्मचार्य (रोयल)
 
११. छविरमण अधिकारीसमेत ११ जना : ११ लाख ५५ हजार रुपैयाँ
मूल्यांकनमा बदनियति गर्ने : सुरेन्द्र श्रेष्ठ
ऋणी : भैरवप्रसाद भेटवाल
कर्मचारी : विकास श्रेष्ठ, प्रदीपबहादुर कर्मचार्य र देवराज ढुंगाना (रोयल)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC