अर्थ व्यवसाय
काठमाडौं । माछापुच्छ्रे बैंकले पर्यटकीयस्थल एवं गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा क्यूआर कोड सेवा तथा विच्याट पे सुरु गरेको छ ।
बैंकले डिजिटल सेवाको पहुँच पुर्याउन लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लुम्बिनीको विकासका लागि प्रदान गर्ने आर्थिक सहयोग तथा मायादेवी मन्दिर प्रवेशमा लाग्ने शुल्क क्यूआर कोडका माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।
सेवा सञ्चालन भएपछि मायादेवी मन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्यूआर कोड तथा चिनियाँ बाह्य पर्यटकले वि च्याट पेबाट शुल्क तिर्न सक्नेछन् ।
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७ ११:५५
प्रतिक्रिया दिनुहोस्