site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् ।

रोजगारदाताले फिनिल ग्रिनहाउस (प्लास्टिकले बारेका घर) मा बनाइएको अस्थायी बासस्थानजस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुसी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने नियम कोरियाको श्रम तथा रोजगार मन्त्रालयले लागु गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गत डिसेम्बरमा ग्रिनहाउस आवासमा राखिएकी एक कम्बोडियन श्रमिकको चिसोका कारण मृत्यु भएपछि श्रमिक सङ्गठनले आवासको राम्रो व्यवस्थासहित इपिएस प्रणालीमा सुधार गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिँदै आएका थिए ।

मन्त्रालयले सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा काम गरिरहेका विदेशी नागरिकको जीवनस्तरमा सुधार गर्न अन्य तयारीसमेत गरेको बताएको छ । यसका साथै अत्यन्तै न्यूनस्तरको आवास प्रदान गर्ने कम्पनीमा काम गर्ने प्रवासी कामदारले आफ्नो कार्यस्थल बदल्न अनुमति दिनुका साथै त्यस्ता कम्पनी मालिकलाई विदेशी कामदार राख्न प्रतिबन्ध लगाइने नियम ल्याइएको छ ।

Global Ime bank

हाल प्रवासी कामदारलाई उनीहरूको पहिलो कार्याविधिमा तीनपटक र दोस्रो सम्झौतामा दुईपटक गरी पाँचवर्षे कार्यकालमा पाँच पटकसम्म कार्यस्थल परिवर्तन गर्न पाउने अधिकार दिइएको छ । यसका लागि कम्पनी परिवर्तन गर्न रोजगारदाताको अनुमति अनिवार्य छ । कम्पनी परिवर्तन गर्ने ईपीएस कामदारले पाँचवर्षे कार्यकाल सकेपछि पुनः कोरियामा रोजगारी गर्न चाहे भाषा परीक्षा पुनः दिनुपर्नेलगायत प्रावधान पनि राखिएको छ ।

रोजगारदाताद्वारा कुटपिट गर्ने, यौन दुर्व्यवहार गर्ने, अमानवीय व्यवहार गर्ने, तलब दिन ढिलाइ गर्नेलगायत गल्ती प्रमाणित भए श्रमिकले आफूखुसी कार्यस्थल परिवर्तन गर्न पाउने नियम छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC