site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महोत्तरीको जंगलमा पाँच दर्जन नीलगाई फेला
Sarbottam CementSarbottam Cement

जलेश्वर । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकैसाथ पाँच दर्जन बढी नीलगाई फेला परेका छन् ।

सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु नीलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको संख्यामा रहेका नीलगाई नगरपालिकाको वन क्षेत्र आसपासका खेतीबारीमा लगाइएको दलहन, तेलहन र तरकारी बालीमा हुलका हुल प्रवेश गरेर सबै बालीनाली खाइदिने गरेको मनराशिस्वा नगरपालिका–२ का वडाध्यक्ष विनोदकुमार सिंहले बताए ।

दर्जनौँको संख्यामा रहेका नीलगाई र बाछो वन क्षेत्रको खर र झाडीमा लुकेर बस्ने गरेको तथा मानिसलाई आफूतिर आएको देखेर तीव्र गतिमा भाग्ने गरेका छन् । स्थानीयवासीले वन क्षेत्रमा नीलगाई फेला परेको बारेमा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइसकेका छन् ।

Global Ime bank

गर्मीयामको आगमन भएसँगै अहिले जिल्लाको उत्तरवर्ती माथिल्लो वन क्षेत्र (जंगल)मा विभिन्न स्थानमा डढेलो लागेका कारण वन्यजन्तुको जीवन संकटमा पर्न थालेपछि उनीहरु तलतिर झर्न थालेको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC