site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले डाक्यो संसदीय दलको बैठक 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा पुनःस्थापनापछि संसद्मा प्रस्तुत हुने विषयमा निर्णय गर्न यही फागुन २१ गते दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक डाकेको हो ।

गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको संसद् फागुन ११ गते सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित भएको थियो । प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भए पनि कांग्रेसले भने उनीहरुको आधिकारिकताअघि कुनै पनि समूहसँग सहकार्य गर्न नसक्ने निर्णय गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस संसदीय दलले त्यही निर्णयलाई निरन्तरता दिन्छ वा त्यसलाई फेरेर प्रधानमन्त्री ओलीको पक्ष वा विपक्षमा जाने निर्णय गर्छ भन्ने कुरा नेपालको राजनीतिका लागि नै महत्वको विषय हो ।

सत्तारुढ नेकपामा दुई समूह भइसकेकाले उनीहरु एक्लैले सरकार बनाउन नसक्ने अवस्थामा सरकार गठनका लागि नेपाली कांग्रेस निर्णायक शक्ति बनेको छ । यस्तो बेला कांग्रेसले गर्ने निर्णयबाट नै नयाँ सरकारको खाका तयार हुनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC