site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा मौन अनशन
सबै तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कारीलाई फाँसी वा जन्मकैदको माग गर्दै एक युवती एक सातादेखि काठमाडौंको माइतीघरमा अनशन बसेकी छन् ।

"अति भयो अब सबै मिलेर नारीलाई बचाउँ बलात्कारीलाई फाँसी वा कडाभन्दा कडा जन्मकैद सजाय संविधानमा लेखाऔं" भन्ने नाराका साथ एक युवतीले आफ्नो परिचय गोप्य राख्दै फागुन १३ गतेबाट मौन अनशन थालेकी हुन् ।

महिला हिंसालाई निरुत्साहित गर्न गरिएको अनशन आज (मंगलबार) छैटौं दिनमा पुगे पनि अनशनरत महिलाको मागबारे सरकार भने बेखबर छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय नेपालमा महिलामाथि हत्या, हिंसा र बलात्कारका घटना एकपछि अर्को गर्दै भइरहेकाले हत्यारा र बलात्कारीहरुले उन्मुक्ति पाएको भन्दै ती महिलाले बलात्कारीहरुलाई कडा सजायको व्यवस्था संविधानमै उल्लेख हुनुपर्ने भन्दै मौन अनशन सुरु गरेकी हुन् ।

सबै नेपाली महिलाको आफ्नो अस्तित्व रक्षाका निम्ति अनशन सुरु गरे पनि कसैको ध्यानाकर्षण नभएको अनशनरत महिलाकी सहयोगी एवं महिला अभियन्ता सम्झना हुमागाईंले बाह्रखरीलाई बताइन् ।

Global Ime bank

देशमा एकपछि अर्को गर्दै महिला हिंसा बलात्कार र हत्याका घटना भए पनि फितलो कानुनी व्यवस्थाले बलात्कारीहरुले उन्मुक्ति पाउँदा हत्या, हिंसा र बलात्कार घटना भइरहेको हुमागाईं बताउँछिन् । यस्ता घटनाका दोषीलाई निरुत्साहित गर्न संविधानमै कडाभन्दा कडा सजायको व्यवस्था हुनुपर्ने माग रहेको अभियन्ता हुमागाईं बताउँछिन् ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC