site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकताको सम्भावनालाई ध्यानमा राखेर अविश्वास प्रस्तावबाट पछि हटेका हुन् प्रचण्ड–नेपाल समूह ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुस ५ गते संसद् सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावबाट दाहाल–नेपाल समूह पछि हटेको छ ।

सोमबार बिहान बसेको सचिवालय बैठकले अविश्वास प्रस्ताव तत्काल अघि नबढाउने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “हामीले पुस ५ गते दर्ता गरेको अविश्वासको प्रस्ताव तत्काल अघि नबढाउने निर्णय गरेका छौैँ । अरु पार्टीहरुसँग पनि छलफल गरेर के गर्ने भन्ने निर्णयमा पुग्छौँ ।”

सचिवालयकै एक सदस्यका अनुसार अहिले अविश्वासको प्रस्ताव अघि नबढाउँदा पार्टी एकताको सम्भावना पनि कायमै रहेकाले यो निर्णय गरिएको हो ।

Global Ime bank

के त्यसो भए नेकपा अझै एकताको बाटोमा छ त ? दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राइम टाइम्स टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अहिले कुनै सम्भावना नरहेको बताए पनि दोस्रो तहका नेताहरु एकताको सम्भावनाको खोजीमा लागेको स्रोत बताउँछ ।

ती सचिवालय सदस्यले पनि एकताको सम्भावना टरिनसकेको बताए ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । फागुन ११ गते सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरेपछि नेकपाभित्रको विवाद थप पेचिलो बनेको छ ।

दाहाल–नेपाल समूहका ९२ सदस्यको हस्ताक्षरसहितको अविश्वास प्रस्ताव संसद् सचिवालयमा विचाराधीन छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC