site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेतो मच्छिन्द्रनाथको प्रवलीकरण सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । भूकम्पले क्षतिग्रस्त सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरण सुरु भएको छ ।

महानगरपालिका ३५, जनबहालस्थित रहेको मन्दिरको आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

२०७२ को भूकम्पबाट क्षतिग्रस्त यो मन्दिरको भारत सरकारको ६ करोड २६ लाख रुपैयाँ अनुदान सहयोगमा प्रवलीकरण हुन लागेको हो । सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्धता जनाएको करिब पाँच अर्ब ८० करोड रुपैयाँ (५० मिलियन अमेरिकी डलर) आर्थिक अनुदानअन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो ।

मन्दिर प्रवलीकरण शिलान्यास गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानै प्रविधि, परम्परागत निर्माण सामग्री प्रयोग गरेर मन्दिरको प्रवलीकरण गरिने बताए । “भूकमपबाट क्षतिग्रस्त ४६५ पुरातात्त्विक सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको र भारत सरकारको सहयोगमा पुनर्निर्माण हुने सम्पदाहरुको काम अगाडि बढ्ने बताए । 

Global Ime bank

कार्यक्रममा भारतीय राजदूत क्वात्राले नेपालका पुरातात्त्विक सम्पदा दुई देशको सम्बन्धमा आधारशीला भएको उल्लेख बताए । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले विभिन्न सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माणमा सहयोग गर्ने बताए ।

सम्पदा पुनर्निर्माण तथा प्रवलीकरणको डिजाइन तथा पुरातात्त्विक अनुगमन पुरातत्त्व विभागले गर्नेछ । यस्तै प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले ठूला सम्पदाको कार्यान्वयन गराउँछ । यी सम्पदाहरु नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्डअनुरूप प्रवलीकरण हुनछन् । सेतो मच्छिन्द्रनाथको मन्दिर १०औँ शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC