राजनीति
काठमाडौं । मस्तिष्काघातका कारण नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा हिजोभन्दा सुधार भएको देखिएको छ ।
आज बिहान गरिएको सीटी स्क्यान रिपोर्टमा जोशीको टाउकोमा जमेको पानी कम हुँदै गएको देखिएको हो । टाउकोमा जमेको रगतको धब्बा भने बाँकी रहेको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिष्ट डा. राजीव झाले बाह्रखरीलाई बताए ।
जोशीको शरीरको बायाँ पाटो पक्षघात भएको छ भने दायाँ हात र खुट्टा अलि–अलि चलिरहेको डा. झाले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७ १२:१७
प्रतिक्रिया दिनुहोस्