site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नहुने निर्वाचनका लागि झन्डै १० करोड खर्च !
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गर्‍यो । सरकारको निर्णयसँगै निर्वाचन आयोगले आफ्ना केही तयारीहरु गर्‍यो ।

सर्वोच्च अदालतमा विघटनविरुद्धको मुद्दा चलिरहँदा आयोगले ‘आनाकानी’ गर्दै आन्तरिक तयारी गरेको थियो । निर्वाचनका कार्यक्रम सार्वजनिक नगरेको भन्दै आयोगको आलोचना पनि भयो । यही फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदरको फैसला गर्‍यो । तर, अहिलेसम्म सरकारले निर्वाचन नहुने जानकारी आयोगलाई दिएको छैन । तथापि, अदालतको फैसलापछि आयोगले निर्वाचनको तयारी रोकेको छ । सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर आयोगलाई पत्र पठाउनुपर्ने हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“अहिलेसम्म औपचारिक जानकारी आएको छैन । हामीले निर्वाचन तयारीका कामहरु रोकिसकेका छौँ । मन्त्रिपरिषद्बाट निर्णय भएर  औपचारिक जानकारी आउला,’’ प्रवक्ता रामकुमार श्रेष्ठले बाह्रखरीसित भने ।

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै छ । उक्त बैठकले निर्वाचन रद्द भएको र संसद् बैठक आह्वानको निर्णय गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । निर्धारित निर्वाचनको तयारीका लागि कति खर्च भयो भन्ने यकिन विवरण आइनसकेको प्रवक्ता श्रेष्ठ बताउँछन् । नहुने निर्वाचनका लागि झन्डै १० करोड रुपैयाँ खर्च भएको छ ।

Global Ime bank

“७७ जिल्लामा चार करोड १७ लाख ९० हजार निकासा भएको छ । आयोगमा पनि खर्च भएको छ । समग्रमा १० करोडभन्दा कम खर्च र दायित्व सिर्जना भएको छ,’’ उनले भने ।

आयोगले मतदाता नामावली अध्यावधिक, मतदानस्थल र मतदान केन्द्रको निर्धारण, आचारसंहितालगायतको आन्तरिक तयारी गरेको थियो । आयोगले निर्वाचन सामग्री खरिदका लागि २५ करोड बराबरको टेन्डर आह्वान गरेको थियो । टेन्डर रद्द गरिएको आयोगले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC