site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आईपीओको नतिजा अब ‘मेरो सेयर, बिक्री प्रबन्धक र निष्कासन भएको कम्पनीको वेबसाइट’मा मात्रै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सीडीएस एन्ड क्लियरिङले लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतालाई ध्यानमा राख्दै सञ्चारमाध्यममा आईपीओलगायत अन्य धितोपत्र निष्कासनको नतिजा नपठाउन निर्देशन दिएको छ । लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतलाई ध्यानमा राख्दै अब आधिकारिक निकायको वेबसाइटमा मात्रै आईपीओ नतिजा राख्ने सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

अब सीडीएस एन्ड क्लियरिङको मेरो सेयर, बिक्री प्रबन्धकको वेबसाइट र  धितोपत्र निष्कासन भएको सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्रै राख्न र उक्त विवरण सञ्चारमाध्यममा नपठाउन सबै ‘इस्यु म्यानेजर’लाई निर्देशन दिएको आचार्यले बताए । फागुन १४ गत बाँडफाँड हुन लागेको महिला लघुवित्तको आईपीओबाटै उक्त व्यवस्था लागु हुने उनले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीले गरेको व्यवस्थाअनुसार नै आधिकारिक निकायबाट मात्रै आईपीओ नतिजा हेर्न सक्ने व्यवस्था गरिएको उनले बताए । “सीडीएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिष्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा कानुनबमोजिम अधिकारप्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्ने छ,” धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीको परिच्छेद १० बुँदा नम्बर ४७ मा भनिएको छ ।

“हितग्राही नम्बरबाट लगानीकर्ताको गोप्य सूचना बाहिर गयो भनेर गुनासो आइरहेको थियो । विनियमावलीमा पनि लगानीकर्ताको विरवण आधिकारिक निकायबाट माग भएभन्दा बाहेक दिन नमिल्ने र गोप्य राख्नुपर्ने व्यवस्था रहेका छ,” आचार्यले बाह्रखरीसँग भने, “सोहीअनुसार हामीले विनियममा भएको व्यवस्थालाई कार्यान्वयन गरेको हो ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC