site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अबको प्रधानमन्त्री प्रचण्ड कि देउवा ? यस्तो छ अङ्कगणित
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएसँगै नयाँ सरकारको चर्चा परिचर्चा सुरु भएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सहज निकास दिन्छन् कि दिँदैनन् भनेर पनि बहस भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सामु नैतिक प्रश्न त खडा भएको छ । आफ्नो कदम अदालतले असंवैधानिक ठहर गर्दै बदर गरिदिएपछि ओलीले तत्काल राजीनामा बाटो प्रयोग गर्नुपर्ने हो ।

तर अहिलेसम्मको अवस्था हेर्दा ओली अविश्वासको प्रस्ताव सामना गर्ने मुडमा देखिन्छन् । ओलीनिकट नेता सुवास नेम्वाङले फैसलाको पूर्णपाठ हेरेर मात्रै यसबारे बताउने जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीले निकास दिए पनि नदिए पनि नेकपाको विभाजित समूह प्रचण्ड–माधवकुमार नेपालले पनि सरकार गठनका लागि राजनीतिक कोर्स अघि बढाइसकेका छन् ।
प्रचण्ड–नेपाल समूहका एक नेताले अब बन्ने सरकार सर्वपक्षीय हुने जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई समेत विश्वासमा लिएर अबको सरकार गठन गर्ने उनको भनाइ थियो ।

त्यसका लागि उनीहरूले अहिले संसद सचिवालयमा पेस गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिने पनि तयारी गरेका छन् ।

Global Ime bank

“त्यो अविश्वासको प्रस्ताव फिर्ता लिनुपर्छ । हामीले आगामी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अघि सारेका छौँ । त्यसमा नेकपाका सांसदको मात्रै हस्ताक्षर छ । नेकपाको सांसदले मात्रै प्रधानमन्त्री हटाउन सक्दैनन् । कांग्रेसको साथ लिनै पर्छ,” एक नेताले बाह्रखरीलाई जानकारी दिए ।

उनका अनुसार अहिले पेस गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिएपछि प्रचण्ड–नेपाल समूहले कांग्रेससमेतलाई विश्वासमा लिएर प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गर्नेछ ।

नेकपा विभाजित भएपछि प्रचण्ड–नेपाल समूहसँग ९२ सांसद छन् । अविश्वासको प्रस्ताव पेस गर्दा उनीहरूसँग ९२ जनाको हस्ताक्षर थियो । त्यसमा केही मन्त्रीको हस्ताक्षर बाँकी थियो । त्यसमध्ये केही ओलीतिर लागेका छन् । केही फर्किएका पनि छन् । संसद् पुनःस्थापना भएपछि ओलीतिरबाट १५ जनाभन्दा बढी सांसद फर्कने उनीहरूको विश्वास छ । त्यसो गर्दा प्रतिनिधिसभामा रहेका १७४ मध्ये १०० भन्दा बढी सांसद प्रचण्ड–माधव नेपाल पक्षसँग हुनेछन् । सरकार बनाउन ३८ मत आवश्यक हुन्छ । ओली पक्षबाट अरू दुई–चार जना सांसद तानेर र साना दललाई विश्वासमा लिएर सरकार गठन गर्ने बाटो त छ । तर, ओलीतिरबाट अहिले नै सांसदहरू फर्किइहाल्ने विश्वासमा प्रचण्ड–नेपाल छैनन् । तसर्थ पहिलो विकल्प कांग्रेससमेतलाई विश्वासमा लिएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने र कांग्रेसको समर्थनमा सरकार गठन गर्ने विषयमा छलफल चलाउने प्रचण्ड–नेपाल पक्षको योजना छ ।

कदाचित् कांग्रेस तयार नभएर उसैलाई सरकारको नेतृत्व दिनेगरी समझदारी खोज्ने विकल्प पनि रहेको प्रचण्ड–नेपाल पक्षको भनाइ छ ।

त्यसो त ओली पक्षले पनि आफ्नो तयारी थालिसकेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार जुनसुकै मूल्य चुकाएर भए पनि सरकारको नेतृत्व प्रचण्ड–माधवकुमार नेपाललाई गर्नै नदिने योजनामा ओली छन् । राष्ट्रिय युवा संगठनले मंगलबार आयोजना गरेको शपथ कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाल कुनै हालतमा प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताउनुले पनि कांग्रेससँगकै सहकार्यको संकेत गरेको बुझ्न कठिन हुँदैन । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि अहिले तत्काल राजीनामा नदिने बताएका छन् ।

पार्टी विभाजनपछि पनि ओली नेतृत्वको पार्टी दोस्रो ठूलो दल बन्ने सम्भावना रहेकाले सरकार बनाउन उसको भूमिका निर्णायक हुन्छ । ८० सांसद नघट्ने दाबी गर्दै देउवा र ओली मिलेर सरकार गठन गर्न मत पुग्ने उनीहरूको विश्वास पनि देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC