site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘संसद्‌लाई जीवन्त र जनमुखी बनाउने मेरो संकल्प पूरा गर्न अदालतले आधारशिला खडा गर्‍यो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जनताको र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेलगत्तै प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसलाले संविधानवादको जित भएको बताएका हुन् ।

उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्त्वपूर्ण अंगको शक्ति पृथकीकरण र भूमिकाबारे पनि स्पष्ट मार्ग निर्देश गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “सर्वोच्चको आजको फैसलाले समस्त नेपाली जनताको जित भएको छ । संविधानवादको जित भएको छ र नेपाली जनतामा अदालतप्रतिको विश्वास थियो त्यो विश्वासले अर्को कोणात्मकता हासिल गरेको छ ।” यसले एउटा नयाँ आयाम खडा भएको उनले बताए ।

साथै यसले लोकतन्त्रको विकास विस्तार र सुदृढीकरणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको सापकोटाको दाबी छ । फैसलाको प्रारम्भिक अध्ययन गर्दा राज्यका महत्त्वपूर्ण अंगहरुको शक्ति पृथकीकरण र भूमिकाबारे स्पष्ट मार्ग निर्देश गरेको उनको भनाइ छ ।

Global Ime bank

पुस ५ गतेदेखि आजको दिनसम्म बहसको विचबाट यसले संविधानको रक्षा मात्रै होइन विकास र समृद्धि गर्नुका साथै कार्यान्वयन गर्नका लागि निकै राम्रो आधार खडा गरेको बताउँदै सापकोटाले भने, “सभामुखको हैसियतले म के भन्न चाहन्छु भने मैले शपथ लिएकै दिन संसद्लाई जीवन्त र जनमुखी बनाउने भनेर संकल्प गरेको थिएँ । त्यो संकल्प पूरा गर्न आधारशिला खडा भएको छ ।”

सर्वोच्चको संवैधानिक इजालासले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासको सर्वसम्मतिले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको हो । फैसलामा १३ दिनभित्रै संसद् बैठक बोलाउन पनि भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC