site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हल्लाको पछि दौडिँदा सेयर बजारमा ११२ अंकको उतारचढाव 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको तेस्रो दिन बिहीबार तीव्र उतारचढाव देखिएको सेयर बजार करिब शून्य दशमलव ८१ प्रतिशतको गिरावटसहित बन्द भएको छ । सुरुवातबाट तीव्र गिरावट देखिएको बजार परिसूचक कारोबार सुरु भएको करिब २ घण्टा पूरा हुँदा ८८ अंक भन्दा माथिको गिरावट देखिए पनि १ बजेपछि क्रमिक सुधार देखिएको थियो । अन्त्यमा नेप्से २१.१६ अंकले घटेर २५८६.५१ अंकमा बन्द भएको छ ।

आज (मंगलबार) को कारोबार दिनमा सेयर बजारमा सुरुवातबाटै तीव्र उतारचढाव देखिएको थियो । बजारमा फैलिएका विभिन्न हल्लाले गर्दा सुरुमा अत्यधिक बिक्री चाप देखिए पनि पछि हल्ला निराधार भएको समचारसँगै बजारमा विस्तारै लयमा फर्किएको हो ।

मंगलबार १९ अंकमाथिले बढेर २६२७.३४ अंकमा खुलेको नेप्से सुरुमा केही सेकेन्ड थोरै वृद्धि हुँदा ‘इन्ट्रा-डे’ कारोबारमा २६३१.७४ अंकको उच्च विन्दुसम्म पुगेको नेप्से करिब १ बजे २५१९.२० अंकसम्म झरेको थियो । आजको कारोबार दिनमा नेप्सेमा १०१२ अंकभन्दा माथिको उतारचढाव देखिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

धितोपत्र दलाल व्यवसायी भरत रानाभाट केही हल्ला र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारण पनि आज सेयर बजारमा ठूलो उतारचढाव देखिएको बताउँछन् । संसद् विघटनको बहस सकिएसँगै सर्वोच्च अदालतले फैसला सुनाउने समय नजिक आउँदै गर्दा संसद् पुन:स्थापना भए संकटकाल लाग्ने अथवा सदर भए आन्दोलनको आँधी आउनसक्ने हल्लाले बजार प्रभावित भएको देखिन्छ । लाला व्यवसायी रानाभाट पनि राजनीतिक घटनाक्रम नै आज सेयर बजारमा उतारचढाव देखिएको रानाभाट बताउँछन् ।

उनका अनुसार लगातार सकारात्मक सर्किट लाग्दै आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा सुरुवाति सकारात्मक र लगत्तै नकारात्मक सर्किट लाग्दा बजार परिसूचक प्रभावित भएको हो । त्यसको प्रभावले अरु कम्पनीको पनि मूल्य घट्नसक्ने लगानीकर्ताको बुझाइले पनि आज बजार प्रभावित भएको उनको बुझाइ छ ।

Global Ime bank

उनले भनेजस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा बैंकिङपछि बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको अन्य उपसूचक सबैभन्दा धेरै २.३३ प्रतिशतले घटेको छ । यस्तै उत्पादन उपसूचक १.६८ प्रतिशत, विकास बैंक उपसूचक १.१२ प्रतिशत र होटेल उपसूचक १.५४ प्रतिशतले घट्दा बैंकिङ उपसूचक पनि ०.४१ प्रतिशतले घटेको छ । आज एकमात्रै व्यापार उपसूचक ०.९ प्रतिशतले बढेको छ ।

सुरुवाति समयमा घट्दो बजारमा उच्च कारोबार हुने संकेत देखिए पनि क्रमिक सुधारोन्मुख हुँदा कारोबार रकमले गति लिन नसके पनि आज बजारमा साढे ८ अर्बमाथिको कारोबार भएको छ । दुई घण्टामै पाँच अर्ब १३ करोड रुपैयाँको कारोबार भए पनि १ बजेपछि कारोबार रकम उल्लेख्य बढेन ।

आज नेप्सेमा ८३ हजार ३५७ कारोबारमा २०५ कम्पनीको एक करोड ७७ लाख १४ हजार ९१२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजारको कारोबार भएको छ । २० प्रतिशतले सेयर मूल्यमा उतारचढाव देखिएको नेपाल इन्फ्रास्ट्रचरको सर्वाधिक ७३ करोड ९४ लाख ५३ हजारको कारोबार भएको छ ।

यस्तै अपर तामाकोसी हाइड्रोपावरको सेयर मूल्य ४३ करोड ३९ लाख १ हजार र नबिल बैंकको ३७ करोड ३५ लाख ५९ हजारको कारोबार भएको छ । त्यस्तै एनआईसी एशिया बैंकको ३२ करोड ८० लाख ५० हजार र ग्लोबल आईएमई बैंकको सेयर मूल्य २९ करोड ६२ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

 

सेयर बजारमा पहिरो 

आज नेप्सेमा नेपाल फाइनान्स, अपी पावर, लिबर्टी इनर्जी र हिमालयन पावर पार्टनरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा आँखु खोला जलविद्युत् कम्पनी र युनिलिभरको सेयर मूल्य ५ प्रतिशत माथिले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC