site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याउने गरी सीएनआईको ‘मेकइन नेपाल–स्वदेशी’ अभियान
Sarbottam CementSarbottam Cement

काठमाडौं ।हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याउने गरी नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको छ । यो अभियान अन्तर्गत परिसंघले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्‍याउने, हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गर्ने, पाँचवर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने महत्वाकांक्षी लक्ष्य परिसंघको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु एवं सेवाको माग बढाउने लक्ष्यसहितयो अभियान सुरु गरेको बताए । सरकारको सहमति र सहकार्यमा संचालन गरिने यस अभियानले मुलुकको औद्योगिक विस्तार एवं उत्पादन वृद्धि गरी स्वदेशी उद्योगलाई आत्मनिर्भर बनाउन अभियानले थप सहयोग गर्ने उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’को नारा ‘हाम्रो सामान, हाम्रै स्वाभिमान’ राखेको छ ।

परिसंघका प्रमुख आर्थिक सल्लाकार डा. विश्व पौडेलले व्यवसाय मैत्री वातावरण, आत्मनिर्भर हुन सक्ने उद्योगहरुको उत्पादनलाई प्रोत्साहन एवं सहयोग गरेर यो अभियान सफल बनाउन सकिने बताए । यस्तै सेवा क्षेत्रलाई आधुनिकीकरण गर्दै सर्वसाधारणमा स्वदेशी उत्पादन प्रयोग गर्ने अभियान चलाएर यो अभियान सफल बनाउन सकिने उनको भनाई छ ।

Global Ime bank

परिसंघका उपाध्यक्ष अनुज अग्रवालले ‘स्वेदशी अभियान देश विकासको महाअभियान रहेको बताए । “यो नेपालका लागि नेपाली अभियान हो । स्वदेशी भनेको उत्पादकका लागि एउटा ‘ब्याजअफ अनर’होस् भन्ने हाम्रो चाहना हो” उनले भने ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवालले परिसंघले आयात प्रतिस्थापन र स्वदेशमा नै सामानको उत्पादनलाई विशेष प्राथमिकतामा राखी यो अभियानको परिकल्पना गरेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC