site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै वार्ता गर्ने सरकारको तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउँदै वार्ता आह्‍वानको तयारी गरेको छ । विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बताएसँगै सरकार सकारात्मक रुपमा अघि बढ्ने देखिएको हो ।

विप्लवको विज्ञप्तिपछि प्रधानमन्त्री र गृहमन्त्रीले चासो दिएको र वार्ताका लागि सकारात्मक रुपमा अघि बढ्ने संकेत गरेको गृहमन्त्रीनिकट स्रोतले बतायो । यसबारे गृहले आन्तरिक गृहकार्य सुरु गरेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गृहमन्त्रीनिकट स्रोतले भन्यो, “सम्भवतः छिटै विप्लव समूहमाथिको प्रतिबन्ध हट्छ । गृहमन्त्रीज्यूले क्याबिनेटमा प्रस्ताव लैजाने कुरा छ । प्रतिबन्ध हटाएर वार्ताको वातावरण बनाउने र अरु कुरा संवादमार्फत अघि बढाउने कुरामा प्रधानमन्त्री र गृहमन्त्री दुवै सकारात्मक हुनुहुन्छ ।”

विप्लवनिकट स्रोतका अनुसार सरकारले वार्ता टोली गठन गरेपछि आफूहरुले कसको नेतृत्वमा समिति गठन गर्ने भन्नेबारे टुंगो लाग्ने बताए । मन्त्री वा ओली समूहका शीर्ष नेताहरुको नेतृत्वमा वार्ता समिति गठन गरे विप्लव समूहको नेतृत्व खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गर्नेछन् । सरकारले तल्लो तहको वार्ता समिति गठन गरेको अवस्थामा प्रकाण्डबाहेकको टोली बन्ने बताइएको छ ।

Global Ime bank

ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि सो समूहविरुद्ध सुरक्षा निकायले ‘सर्च एन्ड अरेस्ट अपरेसन’ चलाउँदै आएको छन् । कतिपय स्थानमा भएका दोहरो फायरिङमा प्रहरी र विप्लव समूहतर्फ मानवीय क्षतिसमेत भएको छ । एकीकृत जनक्रान्तिको नारा बोकेर आफ्ना गतिविधि अघि बढाउँदै आएको विप्लव समूह वार्ताका लागि अघि बढ्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । विप्लव समूहले केही महिनाअघि मोरङमा एकजना शिक्षकको हत्या गरेपछि सुरक्षा निकायले सो समूह भौतिक कारबाहीतर्फ अगाडि बढ्को निष्कर्ष निकालेका थिए । सुरक्षा निकायले आन्तरिक सुरक्षामा विप्लव समूह ठूलो चुनौती बन्दै गएको बताउँदै आएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि विप्लव समूह वार्तामा बस्न तयार भए आवश्यक वातावरण बनाउने जानकारी दिए । उनले बाह्रखरीसँगको कुराकानीमा भने, “उहाँहरू शान्तिपूर्ण धारमा आउन चाहेमा सरकारले आवश्यक सबै वातावरण मिलाउँछ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC