site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
रुसमा पहिलोपटक मान्छेमा देखियो ‘H5N8’ बर्ड फ्लु
Sarbottam CementSarbottam Cement

बीबीसी । रुसमा पहिलोपटक पोल्ट्रीबाट मान्छेमा ‘H5N8 बर्डफ्लु स्ट्रेन’ सरेको घटना पत्ता लागेको छ । अधिकारीहरूका अनुसार देशको दक्षिणी क्षेत्रमा गत डिसेम्बरमा सुरु भएको प्रकोपपश्चात् उक्त पल्ट्रीमा काम गर्ने सात कामदार यसबाट संक्रमित भएका हुन् ।

रुसकी उपभोग्य स्वास्थ्य निरीक्षक एना पोपोभाले भनेकी छन्, “अहिले त्यहाँका सबै, सातैजना मान्छे बिरामी परेका छन् ।” उनका अनुसार संक्रमण फैलन नदिन तीव्र रुपमा सावधानीका उपाय अपनाइएको छ । यसमा मान्छेबाट मान्छेमा सर्न सक्ने संकेत भने देखापरेको छैन र विश्व स्वास्थ्य संगठनलाई पनि यसबारे जानकारी गराइसकेको उनले बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसमा रुसको भेक्टोर ल्याबोरेटरीले गरेको यो खोज अत्यन्तै महत्त्वपूर्ण भएको भन्दै उनले प्रशंसा गरेकी हुन् । हाल सो ल्याबमा त्यो ‘स्ट्रेनको जेनेटिक मटेरियल’ लाई संक्रमित कामदारहरूबाट आइसोलेट गरि राखिएको छ ।

उनले भनेकी छन्, “हामीले भाइरस मान्छेबाट मान्छेमा सर्न नसक्ने हुँदैखेरि यस प्रकारको परिमार्जन पत्ता लगाउनुले पूरै दुनियाँलाई यो विषयमा थप अध्ययन अनुसन्धान गर्ने अनि प्रतिक्रियाका लागि तयार रहन पर्याप्त समय दिलाएको छ ।”
 
उनका अनुसार रुसी वैज्ञानिकहरूले अब यसलाई परीक्षण गर्ने सिस्टममा काम सुरु गर्न सक्नेछन् । बर्ड फ्लुका अन्य स्ट्रेन दुर्लभै मान्छेमा सर्ने गर्दछ र सरिहाल्यो भने चाहिँ मृत्यु समेत हुन सक्छ । तर H5N8 स्ट्रेन मान्छेमा संक्रमण भएको यो पहिलो घटना हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC