राजनीति
धनुषा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वैशाखमा निर्वाचन नहुने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, "सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सदर गर्ने हो भने पनि कुन धाराअनुसार संसद् विघटन गरिएको हो भन्ने प्रमाण खुलाउनुपर्छ । यदि, उक्त कुरा खुलाइएन भने देशमा आन्दोलनको आँधीबेरी आउँछ ।’’ रासस
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७ २३:३४
प्रतिक्रिया दिनुहोस्