site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘नेतृत्वको जिम्मेवारी बहन गर्न युवा पुस्ता तयार हुनुपर्छ’ 
सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । युवालाई राजनीतिमा ‘अवैतनिक म्यादी प्रहरी’का रुपमा मात्र उपयोग नगरी नीति निर्माणको निर्णायक तहमा पनि पुर्‍याइनुपर्नेमा नेपाली कांग्रेसका युवा नेताहरुले जोड दिएका छन् ।

बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले आज राजधानीमा आयोजना गरेको ‘प्रजातन्त्र प्राप्तिका सात दशक, नेपाली कांग्रेस, नीति, नेतृत्व, संघर्ष र युवा पुस्ता’ विषयक विचार विशेष बहस कार्यक्रममा उनीहरुले युवालाई व्यवस्था परिवर्तनको आन्दोलनमा प्रयोग गर्ने र सफलतापछि बिर्सने परिपाटीको अन्त्य गरिनुपर्नेमा जोड दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले अबको महाधिवेशनले पार्टीको नेतृत्व तहमा युवालाई स्थापित गर्ने उल्लेख गर्दै नेतृत्वको जिम्मेवारी बहन गर्ने गरी युवा पुस्ता तयार हुनुपर्ने बताए ।

नेता उमाकान्त चौधरीले बीपीको पालामा देशको संविधान र पार्टीको विधान समावेशी नभए पनि कर्म समावेशी भएको तर अहिले दुवै कानुन समावेश भए पनि व्यवहार त्यसअनुरुप हुन नसकेको बताए । युवालाई नेतृत्वमा स्थापित गर्न समावेशी कर्म गर्न पार्टीका नेतृत्वलाई उनले सुझाव दिए ।

Global Ime bank

नेतृ महालक्ष्मी (डीना) उपाध्यायले मुलुकले खोजेजस्तो लोकतन्त्र अझै स्थापना हुन नसकेकाले संघर्ष चलिरहेको बताइन् । नेता गुरुराज घिमिरेले संयुक्त राष्ट्रसंघले नै जारी गरेको प्रतिवेदनमा विश्वका दुईतिहाइ मुलुकमा राजनीतिक परिवर्तन युवाका कारण हुने गरेको बताउँदै आन्दोलन सफल भएपछि भने वास्ता नगर्ने गरेको धारणा व्यक्त गरे । परिवर्तनपछि चुप लागेर बस्दा पनि युवा नेतृत्वमा आउन नसकेकाले अब जागरुक हुन उनले बताए ।

मञ्चका अध्यक्ष नीलकण्ठ रिजाललगायत विभिन्न पेसा र व्यवसायमा आबद्ध युवाले सबै क्षेत्रमा युवाको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC