site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड–नेपाल समूह छाडेर शेरबहादुर दम्पती ओली पक्षमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङ पुनः नेकपा ओली समूहमा लागेका छन् । उनी पत्नी उषाकला राईसहित प्रचण्ड– नेपाल समूह छाडेर ओली पक्षमा लागेका हुन् ।

उषाकला राईले पूर्वएमालेहरू मूल पार्टीमा फर्कने क्रम सुरु भएको जानकारी दिइन् । “अब धेरै साथीहरू फर्कनुहुन्छ । हामीले पनि प्रचण्ड–माधव नेपालको समूहमा बसिरहन उचित देखेनौँ,” उनले भनिन् । उनी प्रदेश १ की सांसद पनि हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनकाअनुसार शुक्रबार झण्डै तीन घण्टा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेललगायत नेताहरूसँग शेरबहादुर दम्पतीको छलफल भएको थियो । संवादमा अरू पनि नेताहरू पनि उपस्थित थिए । त्यसपछि दम्पती नै पुनः ओली समूहमा फर्कन राजी भएको उषाकलाले बताइन् ।

अरू को–को फर्कन्छन् भनेर टुङ्गो नभए पनि धेरै आउने तयारी गरिरहेको उनको भनाइ छ । 

Global Ime bank

शेरबहादुर गत पुस ७ गते ओली पक्षले राखेको केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका थिए । दुई दिनपछि पुनः प्रचण्ड–माधवकुमार नेपाल समूहमै फर्किएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC