site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आयल निगमलाई विद्यार्थीहरुको ज्ञापनपत्र
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियूले बिहीबार कोरोना कहर र लकडाउनका कारण मारमा परेका जनतालाई सहुलियत दिनुको सट्टा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसमक्ष ज्ञापनपत्र बुझाएको हो । विद्यार्थीहरुले बुझाएको ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा मूल्यवृद्धि गर्ने तर मूल्य घट्दा नेपालमा नघटाउने प्रवृति रहेको उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै आयल निगम घाटामा गएको भन्दै करोडौं रकम बाँड्ने गरेको पनि ज्ञापनपत्रमा उल्लेख छ । दुई रङको सिलिन्डर बनाएर विद्यार्थीलाई सहुलियतपूर्ण दरमा ग्यास उपलब्ध गराउने सहमति भए पनि निगमले कार्यान्वयन नगरेको विद्यार्थीहरुले बताएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न र विद्यार्थीलाई सहुलियत दिने पूर्वसहमति कार्यान्वयन विद्यार्थीहरुले माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले विगत तीन महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढिरहेको बताए । आयल निगम नोक्सानमा गइरहेको अवस्था रहेकाले मूल्यवृद्धि भएको पौडेलको भनाइ छ ।

Global Ime bank

ज्ञापनपत्र बुझाइसकेपछि आयल निगमबाहिर भएको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अस्वीकार्य रहेको बताए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि ५/७ महिना मूल्य स्थिर राख्न सक्ने क्षमता आयल निगमसँग हुँदाहुँदै मूल्यवृद्धि गरिएको बताए । ४८ घण्टाभित्रमा मूल्यवृद्धि फिर्ता नगरिए कडा आन्दोलन गर्ने चेतावनीसमेत तामाङले दिए ।

विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने भन्दै आयल निगमअगाडि नाराबाजीसमेत गरेका थिए । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इनधन ६७ रुपैयाँ कायम भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  २०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC