site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
अब अस्ट्रेलियामा फेसबुकबाट न्युज हेर्न र सेयर गर्न नपाइने
Sarbottam CementSarbottam Cement

बीबीसी । फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्ममा समाचारका सामग्री हेर्न र सेयर गर्न प्रतिबन्ध लगाएको छ । यसले यहाँका नागरिकमा सूचना प्रवाहको मुख्य स्रोत पहुँचबाहिर पुगेको भन्दै चिन्ता व्यक्त गरिएको छ । 

बिहीबार बिहानैदेखि त्यहाँ फेसबुक पेजभर स्थानीय र ग्लोबल न्युज साइटहरू उपलब्ध थिएन । यसमा सरकारीतर्फको स्वास्थ्य, आपतकाललगायत पेजहरूसमेत ब्लक भएका हुन् तर यसमा चाहिँ गल्ती भएको फेसबुकले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अस्ट्रेलिया सरकारले फेसबुकको यो कदमले कम्पनीको विश्वसनीयतालाई नै जोखिममा पारिदिएको बताएको छ । यति मात्र नभएर अस्ट्रेलिया बाहिरका मानिसहरूलाई समेत फेसबुकमा अस्ट्रेलियन न्युज प्रकाशकका सामग्री पढ्नबाट निषेध गरिएको छ । फेसबुकको यो प्रतिक्रिया वास्तवमा अस्ट्रेलिया सरकारले यसअघि जारी गराउने भनेको नयाँ प्राविधिक नियमका कारण छ ।

यसअन्तर्गत फेसबुकले न्युज एजेन्सीहरूलाई तिनका सामग्री प्रयोग गरे वापत् निश्चित भुक्तानी गर्नुपर्ने भनिएको थियो । तर गुगल, फेसबुकजस्ता कम्पनीले सो नियममा इन्टरनेटले कसरी काम गर्छ भन्ने ध्यानमा नराखी प्रस्ताव गरिएको र अन्यायपूर्ण आफूहरूलाई नोक्सान पुर्‍याउने बताउँदै आएका छन् । अस्ट्रेलियाको तल्लो सदमा सो नियम बुधबार नै पारित भइसकेको छ ।

Global Ime bank

यसमा अस्ट्रेलियाको राष्ट्रिय प्रकाशक, एबीसी र सिड्नी मर्निङ हेराल्डजस्ता पत्रिकाले समेत फेसबुक पेजमा आफ्नो समाचार पोस्ट गर्न पाएका छैनन् जसका लाखौँ फलोअरहरू छन् । फेसबुकका अनुसार अस्ट्रेलियन प्रकाशकहरूले फेसबुक पेजेको मद्दतबाट मात्र गत वर्ष ४० करोड ७० लाख अस्ट्रेलियन डलर कमाइ गरेका थिए ।

अस्ट्रेलियन नागरिकहरूले चाहिँ यो विषयमा अचानक सबै आधिकारिक समाचार स्रोतको पहुँच बन्द हुँदा अधिक आक्रोश जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC