site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
प्रत्यायोजित समितिमा नेपाली सेना, भन्छ- सबै काम पारदर्शी (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली सेनाले काठमाडौं-तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको दाबी गरेको छ । 

संघीय संसद् राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा काठमाडौं-तराई द्रुतमार्गअन्तर्गत फेज टुका ठेक्का विषयमा परेको उजरीमाथि भएको छलफलमा नेपाली सेनाले द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रियामा कुनै अनियमितता नभएको दाबी गरेको हो ।

समितिमा काठमाडौं-तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्नका लागि नेपाली सेनाले पूर्वयोग्यता निर्धारण गर्न मागेको आवेदनमा आवश्यकभन्दा कम कम्पनीहरु छानिएको भन्दै उजुरी परेको थियो । सेनाले पूर्वयोग्यता परीक्षणमा नेपाली कम्पनीबाहिर पारिएको भन्दै विरोध भइरहेको छ । यसै विषयमा समितिले द्रुतमार्ग हेर्ने सेनाका अधिकारीहरुलाई बोलाई स्पष्टीकरण लिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

छलफलमा सेनाका महासेनानी एवं खरिद व्यवस्थापन महाशाखाका प्रमुख सुनीलसिंह राठोरले सार्वजनिक खरिद ऐनअनुसारै पूर्वयोग्यता निर्धारण गरिएको बताए । आयोजनाको निर्माण कार्य वि.सं. २०८१ मा सम्पन्न गर्नुपर्ने भएकाले तत्काल टेन्डर आह्‍वान गरी निर्माणलाई तीव्र बनाउने प्रक्रिया सुरु गरिएको पनि उनले बताए । 

सेनाले पूर्वयोग्यताका लागि २०७६ फागुन ३० गते सार्वजनिक रुपमा आवेदन आह्‍वान गरेको थियो । २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले २०७६ चैत २५ गते पठाएको पत्रअनुसार म्याद थप गरी २०७७ भदौ ३० गते मात्रै प्रि-सबमिसन मिटिङ गर्न सफल भएको पनि महासेनानी राठोरले बताए ।

Global Ime bank

 

प्रि-सबमिसन मिटिङमा २१ प्रतिनिधिको उपस्थिति रहेको र उपस्थित हुन नसकेकालाई जानकारी गराइएको उनको भनाइ छ । त्यसपछि २०७७ असोज १४ गते खोलुवा मुचुल्का तय गर्दा प्याकेज नं. १ मा २१ वटा र प्याकेज नं. २ मा २२ वटा अन्तर्राष्ट्रिय कम्पनीहरुको आवेदन परेको थियो । यस्तै २०७७ पुस ९ गते मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनअनुसार प्याकेज नं. १ मा २ जना र प्याकेज नं. २ मा १ जना अन्तर्राष्ट्रिय कम्पनी सूचीकृत भएको महासेनानी राठोरले बताए ।

द्रुतमार्ग आयोजनाका प्रमुख विकास पोखरेलले काठमाडौं-तराई द्रुतमार्गमा जटिल किसिमको काम गर्नुपर्ने ठाउँहरुलाई ११ क्लस्टरमा विभाजन गरिएको बताए । त्यसमध्ये ५ र ६ नम्बर क्लस्टर अति जटिल भएकाले निर्माणकर्ता छनोट गर्दा पूर्वयोग्यता निर्धारण गर्नुपरेको र सार्वजनिक खरिद नियमावली अनुसारै सो कार्य सम्पन्न गरिएको बताए ।

काठमाडौं-तराई द्रुतमार्ग ७२ दशमलव ५ किलोमिटरको छ । जसमा तीनवटा सुरुङ मार्ग र ८७ वटा पुलहरु निर्माण हुनेछन् । बाटोको चौडाइ पहाडमा २५ मिटर र तराईमा २७ मिटर रहनेछ । द्रुतमार्गमा पर्ने तीनवटै सुरुङमार्गको लम्बाइ ६ किलोमिटर हुनेछ भने ८७ वटा पुलको कुल लम्बाइ १० किलोमिटर रहनेछ । द्रुतमार्गमा जटिल किसिमको काम गर्नुपर्ने ठाउँहरुलाई ११ क्लस्टरमा विभाजन गरि काम सुरु भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC