site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
६० वर्षमाथिका नागरिकले फागुन २३ देखि कोभिड-१९ विरुद्धको खोप पाउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कोभिड-१९ विरुद्धको दोस्रो चरणअन्तर्गतको पहिलो लट खोप ६० वर्षमाथिका नागरिकले पाउने भएका छन् । 

सरकारले फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई खोप दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयको तथ्यांकमा ६० वर्षमाथिका खोप लिने नागरिक करिब २७ लाख छन् । यो वर्गलाई खोप दिन उमेर खुल्ने परिचयपत्रलाई आधार मानिने मन्त्रालयले जनाएको छ । पहिलो चरणअन्तर्गत माघ १४ गतेदेखि सुरु भएको कोभिड १९ विरुद्धको खोप अभियानमा पहिलो र दोस्रो लट गरी मंगलबारसम्म दुई लाख ६३ हजार ४८ जनाले खोप लिएको मन्त्रालयको तथ्यांक छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC