site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पीसीआर परीक्षण शुल्क समान बनाउने सरकारको तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ संक्रमितको दर ओरालो लाग्दै गर्दा सरकारले पीसीआर परीक्षण शुल्क घटाउँदै लगेको छ ।

गएको माघ ३० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँबाट घटाएर एक हजार बनाउने निर्णय गरेको थियो । तर, निजी क्षेत्रमा भने पीसीआर शुल्कबारे सरकारले कुनै निर्णय लिन सकेको छैन ।

निजी अस्पतालहरुको मनलाग्दी शुल्क 
मन्त्रालयले पछिल्लो समय सबै प्रयोगशालाहरुलाई पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकेको थियो । तर, निजी अस्पतालहरुले भने आ–आफ्नै ढंगले शुल्क लिने गरेका छन् । निजी क्षेत्रमध्ये सबैभन्दा धेरै कोभिड–१९ को परीक्षण हुने स्टार अस्पताल सानेपामा पीसीआर परीक्षण शुल्क दुई हजार ४०० रुपैयाँ रहेको छ । ओम अस्पताल चाबहिलमा दुई हजार ८०० रुपैयाँ लिइन्छ । यही शुल्क अल्का अस्पताल जावलाखेलमा र सुमेरु अस्पताल धापाखेलमा दुई हजार ५०० रुपैयाँ लिने गरेको पाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सामान्यतः पीसीआरको रिपोर्ट आउन २४ देखि ३६ घण्टा लाग्ने गरेको छ । सरकारी प्रयोगशालामा धेरै समय लाग्ने भएपछि विदेश जान लागेका या अन्य कुनै कारणले छिटो रिपोर्ट चाहिने व्यक्तिहरुले निजी प्रयोगशालामा परीक्षण गर्ने गरेको बताउँछन् ।

Global Ime bank

निजी ल्याबमा पनि क्रमशः शुल्क घटाउँदै जान्छौँ 
पीसीआर परीक्षण शुल्क घटाउन सरकारले गरेको निर्णय निजी क्षेत्रमा पनि छिट्टै लागु गर्ने सरकारको योजना छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सोमबार एक अन्तरक्रियामा भने,  “निजी प्रयोशालाहरुमा पनि क्रमशः पीसीआर परीक्षण शुल्क घटाउँदै लैजाने मन्त्रालयको योजना छ । तुरुन्तै निर्णय लिइहाल्ने अवस्था छैन । ढुक्क हुनुहोस्, ढिलोचाँडो सबैतिर समान शुल्क कायम हुन्छ ।”

के भन्छन् निजी प्रयोगशाला ?
वाग्मती प्रदेशको तथ्यांकलाई मात्रै हेर्ने हो भने कोभिड–१९ पहिचान भएका भन्डै ६० प्रतिशत व्यक्तिको परीक्षण निजी प्रयोगशालाबाट भएको पाइन्छ । काठमाडौं उपत्यकाको हकमा सबैभन्दा धेरै स्टार अस्पतालमा दैनिक ४०० जनाको हाराहारीमा परीक्षण हुने गरेको छ । जबकि, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय दैनिक डेढ सयको हाराहारीमा कोभिड–१९ परीक्षण हुने गरेको छ ।

सरकारले यदि सबैलाई पीसीआर शुल्क एक हजार रुपैयाँ कायम गर्ने हो भने पीसीआर परीक्षण गर्नै नसक्ने अवस्था आउने स्टार अस्पतालका कोभिड प्रयोगशाला प्रमुख गोविन्द अकेला बताउँछन् । एक हजार ५०० रुपैयाँ रिएजेन्टका लागि मात्रै खर्च हुने भन्दै एक हजारमा पीसीआर परीक्षण सम्भव नहुने उनले बताए ।

पछिल्लो समय कोभिड–१९ संक्रमितको दर घट्दै जाँदा समान शुल्क कायम गर्ने या सरकारी प्रयोगशालाबाट मात्रै कोभिड–१९ को परीक्षण गर्ने भन्नेबारे सरकारले ठोस निर्णय लिनुपर्ने सरोकारवालाहरुले आवाज उठाउँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC