site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘संविधान बनाउनेले नै संविधान दुर्घटनामा परेको महसुस गरे’
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा अदालतको सहयोगी (एमिकस क्युरी)ले राय राख्ने क्रम सुरु भएको छ । अहिले एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राय राखिरहेका छन् ।

उनले संविधान बनाउनेहरुले नै संविधान दुर्घटनामा परेको महसुस गरेको बताए । ‘‘जसले संविधान बनायो । जसले लागु गर्नुपर्ने थियो, ती सबै संविधान संकटमा पर्‍यो भनेर आन्दोलनमा छन् । अर्थात तिनले संविधान दुर्घटनामा पर्‍यो भनेर महसुस गरेका छन् । त्यसैले तपाइँहरु पाँचजनालाई श्रीमान् गम्भीर र ठूलो जिम्मेवारी आइपरेको छ,’’ उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिसभा विघटनविरूद्ध दायर रिटमा सोमबार पक्ष–विपक्षको बहस सकिएपछि आजबाट एमिकस क्युरीले राय राखिरहेको हो । नेपाल बार एसोसिएसनबाट तीन र सर्वाेच्च अदालत बार एसोसिएसनबाट दुई गरी पाँचजना वरिष्ठ अधिवक्ताको एमिकस क्युरी छ । पूर्णमान शाक्य, विजयकान्त मैनाली, बद्रीबहादुर कार्की, गीता संग्रौला र सतिशकृष्ण खरेलको एमिकस क्युरीले प्रतिनिधिसभा विघटनको विषयमा आफ्नो राय राख्नेछन् । एमिकस क्युरीको राय सुनेपछि केही दिनमै इजलासले फैसला सुनाउनेछ ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । विघटन असंवैधानिक भन्दै दायर १३ वटा रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC