site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बीस लाख डोज खोप ल्याउने सरकारको तयारी, सिरमले माग्यो ८० प्रतिशत पेस्की रकम
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले कोभिड १९ विरुद्धको २० लाख डोज खोप खरिदका लागि तयारी अगाडि बढाएको छ । थप ४० लाख जनतालाई पुग्ने खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया र अन्य विभिन्न कम्पनीसँग जिटूजी प्रक्रियामार्फत प्रक्रिया अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा २० लाख डोज खोप भारतबाटै ल्याउने लक्ष्यका साथ सरकारले प्रक्रिया अघि बढाएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताए ।

खोप शुल्कबारे नेगोसिएसन भइरहेको छ
अहिले प्रयोग भइरहेकै कोभिसिल्ड खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग पत्राचार गरेको थियो । प्रतिडोज ४ डलरका दरले सिरमले २० लाख डोज खोप उपलब्ध गराउनसक्ने तर खोप शुल्कको ८० प्रतिशत रकम पेस्कीस्वरुप उपलब्ध गराउनुपर्ने सर्त राखेपछि यसबारे छलफल अगाडि बढाइएको मन्त्रालय स्रोतको दाबी छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, “अहिले यही कम्पनीबाट ल्याउने भन्ने निश्चित भएको छैन, केही कम्पनीले ८० प्रतिशत पेस्की रकम माग गरेका छन् भने केहीले त्योभन्दा कम पनि मागेका छन् । अहिले तिनै कम्पनीहरूबीच नेगोसिएसनको काम हामी गरिरहेका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

‘खोप खरिदका लागि आवश्यक रकमको व्यवस्था गरिसकिएको र आवश्यक परेको जुनसुकै समयमा उपलब्ध गराइने’ अर्थ मन्त्रालयका प्रवक्ता रामप्रसाद घिमिरेले बताए ।

दोस्रो डोज खोप दिने समयसम्म थप खोप ल्याउँछौं 
कोभिड १९ विरुद्धको खोप पहिलो चरणको अभियान माघ १४ गते सुरु गरिएको थियो । दोस्रो डोज खोप भने फागुन २४ गतेबाट दिने योजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । ‘दोस्रो डोज खोप दिन सुरु गर्दासम्म थप २० लाख डोज खोप ल्याइसक्ने’ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताएका छन् । कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपालमा मार्चको पहिलो साता खोप आउने योजना भए पनि त्यसअघि सरकारले नै खोप खरिद गरेर ल्याउने राज्यमन्त्री रावतले दाबी गरे । 

Global Ime bank

दोस्रो चरणको प्राथमिकतामा को-को ? 
कोभिड १९ विरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणको प्राथमिकतामा सरकारले ५५ वर्षमाथिका ज्येष्ठ नागरिक र ४५ वर्षमाथिका दीर्घरोगीलाई राखेको छ । खोप विभाग प्रमुख डा. झलक शर्मा गौतमले ‘कोभिड १९ बाट मृत्यु हुनेमा सबैभन्दा बढी यी दुई वर्गका नागरिक परेकाले अबको चरणमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप दिने प्राथमिकतामा राखिएको’ बताए । यसअघि पहिलो चरणको १० लाख डोज खोप अभियानअन्तर्गत आइतबारसम्म दुई लाख २४ हजार ५२० जनालाई ५ लाख डोजभन्दा बढी खोप दिइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  २०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC