site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश १ सरकार स्थापनाको तेस्रो वार्षिकोत्सव कांग्रेस र नेकपाद्वारा बहिष्कार
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ सरकार स्थापनाको तेस्रो वार्षिकोत्सव प्रमुख विपक्षी र नेकपाको प्रचण्ड-माधव नेपाल खेमाले बहिष्कार गरेका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सांसदहरु सहभागी भएनन् । यसैगरी नेकपा प्रचण्ड-नेपाल समूहका सांसदहरु पनि सहभागी भएनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सरकारका मन्त्रीहरु, राई पक्षका केही सांसद र सरकारी कर्मचारीहरु भने कार्यक्रममा सहभागी भए । प्रमुख विपक्षी कांग्रेसका नेता राजीव कोइरालाले आफ्नो पार्टीको आन्दोलनको कार्यक्रमसँग समय जुधेकाले सहभागी हुन नपाएको बताए । उनले भने, "सरकारले जानीजानी हाम्रो कार्यक्रमसँग समय जुधाएकाले हामी नगएका हौं ।"

कार्यक्रममा प्रदेश प्रमुख अधिकारीले प्रदेश सरकारको काम जनप्रिय बन्दै गएको दाबी गरे । उनले तीन वर्षमा सरकारले गरेका कार्य प्रगतिसमेत प्रस्तुत गरे ।
No description available.

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC