site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना अपडेट : विदेशमा यो साता थप दुई नेपालीको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा यो साता थप दुई नेपालीको मृत्यु भएको छ । 

गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३३५ पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समिति संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १२१ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ४३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अस्ट्रेलिया, स्पेन, बेलायत, यूएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।  
 
यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ५७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७२ हजार ६ सय १४ जना छ भने दुई लाख ६८ हजार ९ सय २९ जना अर्थात ९८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

धमाधम खोप लगाउँदै
पछिल्लो समय अमेरिकामा पाँच हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत डाक्टर, नर्स, ज्येष्ठ नागरिक र पहिले कोराना संक्रमण भइसकेकाहरुले खोप लगाएको संघका प्रेस संयोजक चिरन शर्माले विज्ञप्तिमार्फत जनाएका छन् । 

Global Ime bank

यस्तै बेलायतमा रहेका नेपाली समुदायका एक हजारभन्दा बढीले खोप लगाइसकेका छन् । डा. बोधराज सुवेदीका अनुसार युरोपमा २५ सय नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यसैबीच विभिन्न चिकित्सकीय अध्ययनले कोरोनाको नयाँ भेरियन्टको संक्रमणमा पनि हाल बजारमा आएका खोपहरु प्रभावकारी रहेको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  २१:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC