site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पौडेलले जिल्ला सभापति भेला बोलाउने भएपछि देउवाले डाके केन्द्रीय समिति
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले फागुन ५ गते केन्द्रीय समिति बैठक बोलाउने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी गरिरहेका बेला सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएका हुन् । फागुन ५ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक बस्नेछ ।

पौडेलले केन्द्रीय समिति बैठक बोलाउन माग गरे पनि सभापति देउवाले चासो नदिएपछि फागुन ५ गते केन्द्रीय कार्यालय सानेपामै जिल्ला सभापतिको भेला बोलाइएको थियो । जिल्ला सभापतिहरूलाई टेलिफोनमार्फत जानकारी गराइसकिएको थियो । “पार्टीको वैधानिकता सकिँदा पनि महाधिवेशन नहुने भयो । अब के गर्ने : भनेर सभापतिहरूको राय बुझ्ने कुरा छ,” पौडेलनिकट एक केन्द्रीय सदस्यले भेलाको एजेन्डा सुनाउँदै भने, “कांग्रेस केन्द्रीय समितिबाट प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्यौं । तर, सभापति देउवा पुन:स्थापनाको पक्षमा देखिनुभएन । अब कसरी अगाडि जाने ? यी एजेन्डामा छलफल गर्ने तयारी छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

५ गते केन्द्रीय समिति बैठक बोलाइए पनि पौडेल पक्षले भेला नरोक्ने जनाएको छ । फागुन ४ गते जिल्ला सभापतिसँग जुम मिटिङमार्फत धारणा बुझ्ने र सभापतिहरूको धारणा लिएर केन्द्रीय समिति बैठकमा जाने पौडेलको तयारी छ । 

बाह्रखरीसँग कुरा गर्दै सभापति देउवानिकट सह-महामन्त्री प्रकाशशरण महतले फागुन १२/१३ मा मात्र बैठक बस्ने बताएका थिए । फागुन ७ देखि १० सम्म काठमाडौं मा १४औं महाधिवेशन गर्ने गत वर्षको पुष ११ गतेको केन्द्रिय समिति बैठकबाट घोषणा भएको थियो । आगामी १९ देखि कांग्रेसको वर्तमान केन्द्रीय समितिको कार्यकाल ५ वर्ष पूरा हुनेछ । 

Global Ime bank

देउवानिकट अर्का नेता रमेश लेखकले संविधानअनुसार साढे पाँच वर्षमा महासिधवेशन गरे हुने व्यवस्था रहेकाले संविधानअनुसार १४औं महाधिवेशन गर्ने बताएका छन् । 
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC