site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पत्रकारमा विचार र दक्षता दुवै भएन भने नागरिक समाज बन्छन् : उपप्रधानमन्त्री पोखरेल
Sarbottam CementSarbottam Cement

पोखरा । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले पोखरामा पत्रकारहरू माझ नागरिक समाजमाथि व्यंग्य हानेका छन् । 

कामचलाउ प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै त्यसको निरन्तर विरोध तथा प्रदर्शन भइरहेको छ । संसद् पुन:स्थापनाको मुद्दा अदालतमा विचाराधीन छ भने त्यसको पक्षमा नेकपाकै अर्को प्रचण्ड-माधव नेपाल समूहसहित प्रतिपक्षी दलहरू र नागरिक समाज सडकमा ओलीको कदमलाई प्रतिगमन भन्दै विरोध र प्रदर्शनमा उत्रिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

'नागरिक समाजको प्रदर्शनमा पूर्वपत्रकारहरू पनि संलग्न'
ओलीनिकट पत्रकारको संस्था प्रेस संगठन नेपालको कार्यक्रममा उनले पत्रकारमा दलनिकट विचार र पेसागत दक्षता दुवै नहुँदा नागरिक समाजमा परिणत हुने बताएका हुन् । उनले भने, “पेसागत दक्षता प्रदर्शन गर्नैपर्छ । यो आलोचना गरेजस्तो लाग्ला तर दक्षता हुनैपर्छ । दक्षता नहुने हो भने यो क्षेत्रमा अगाडि बढ्न सकिँदैन । र विचारप्रतिको प्रतिबद्धता पनि हुनुपर्‍यो । भएन भने बिग्रिन्छ ।”

ओलीनिकट पत्रकारलाई पेसागत दक्षता र विचार सिकाउँदै उनले ‘टु इन वान’ हुन आग्रह गरे । “नेकपा सम्बद्धित साथीहरू के बुझ्नुपर्छ भने ‘टु इन वान’ हुनुपर्छ । म विचार बोकेको एउटा कार्यकर्ता पनि हो, पेसागत दक्षता भएको कार्यकर्ता पनि हो । यो दुईटै चिज सँगसँगै हुनुपर्छ । एउटा कुरा मात्र भएर काम चल्दैन, तपाईंहरूका लागि चल्दैन । कोही पार्टीमा कस्सिएर काम गर्ने कार्यकर्ता हुन्छन्, तर पेसागत दक्षता हुँदैन, भए पनि कम हुन्छ । कोहीचाहिँ पेसागत दक्षता त खुब भयो, वरिष्ठ पत्रकार हुनुभयो । टेलिभिजनमा जिम्मेवारी पाउनुभयो, रेडियोमा जिम्मेवारी पाउनुभयो । वरिष्ठ पत्रकार हुनुभयो । अनि पछि विस्तारै विचार त पातलिँदै जान्छ,” उनले भने, “विचार पन्यालो हुँदै जान्छ, अलिनो हुँदै जान्छ । मान्छे त्यही हो, पेसागत क्षेत्रमा जिम्मेवारी पायो, विस्तारै ठूलोठूलो हुँदै गयो, वरिष्ठ पत्रकार पनि भयो । तर, विचारचाहिँ विस्तारै पातलो हुँदै गयो । यस्ता मान्छेहरू भेटिन्छन्, तपाईंको पंक्तिमा छन् कि छैनन् विचार गर्नुहोला ।”

Global Ime bank

विचार र दक्षतामध्ये एकमात्रै क्षमता भएको व्यक्ति अन्तिममा नागरिक समाजमा परिणत हुने उनले बताए । “कोही विचार बोकेको हो भन्छन्, पेसागत दक्षता हुँदैन, कोही पेसागत दक्षता मसित छ, मैले विकास गरेँ भन्छन्, विचार छोड्दैछोड्दै जान्छन र पछि नागरिक समाजमा परिणत हुन्छन्,” पोखरेलले भने ।

उपस्थित पत्रकारहरूलाई उनले, त्यस्तो दुर्घटना नहोस् भन्ने चाहेको बताए । प्रेस संगठनलाई उनले दुवै क्षमता विकास गर्न आग्रह गरे । उनले भने, “विचार बोक्नैपर्छ, पेसागत दक्षता हासिल गर्नैपर्छ । त्यसकारण तपाई ‘टु इन वान’ हुनैपर्छ । ‘टु इन वान’ हुन नसक्ने हो भने हाम्रो यो प्रेस संगठन नेपालका साथीहरूले विकास गरेको मानिनेछैन ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC