site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पशुपतिनाथः जलहरी विवादमा संरक्षणकर्मीको खबरदारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही साता अघि  पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्न निर्देशन दिए । निर्देशन दिएपछि पशुपतिनाथका भण्डारी, संरक्षणकर्मीले विरोध गरे । अहिले भण्डारी संरक्षणकर्मीले विरोध गर्दै आएका छन् । 

पहिला शिवलिङ्गमा चाँदीको जलहरी थियो । प्रधानमन्त्री ओलीले माघ १२ गते पशुपतिमा दर्शन गर्न जाँदा शिव लिङ्ग वरिपरि पानी झर्ने पार्वतीको गर्भस्थलमा राखिएको चाँदीको जलहरी हटाइ सुनको जलहरी राख्न निर्देशन दिएका थिए । तत्काल ३० करोडको सुनको जलहरी राख्न पशुपति क्षेत्रविकास कोषलाई निर्देशन दिएका थिए ।
 
पशुपति क्षेत्र विकास कोषले आउँदै गरेको शिवरात्रीमा सुनको जलहरी राख्ने तयारी गरिरहेको छ । पशुपतिनाथ मन्दिरको मुख्य जिम्मा पाएका भण्डारीसँग छलफल नगरी सुन राख्ने निर्णय प्रधानमन्त्रीले गरेको भण्डारीहरु बताउँछन् ।
 
पशुपतिनाथको रेखदेख गर्दै आएका केदार भण्डारी पशुपति संरक्षणको जिम्मा आफ्नो रहेको बताउँछन् । “तर, यो जलहरी राख्ने विषयमा हामीसँग सल्लाह नगरेरै अगाडि बढ्न लागिएको छ,” ‘‘उनले भने, ‘‘यहाँ भण्डारी नभएको बेलामा सुनको जलहरी राख्न लागिएको छ । त्यसैले हामीले विरोध गरिरहेका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

पशुपति मन्दिरमा गर्भगृह रहेको छ । जसको आधारमा यहाँ दुई घेरा लगाइने गरिन्छ । पहिलो पुजारीहरुको हो भने दोस्रो भण्डारीको । त्यस्तै पशुपतिमा भण्डारीहरूको चारवटा क्लब छ । क्लबमा १०४ भण्डारी छन् । गर्भगृहभित्र पुजारी बस्छन भने गर्भगृह बाहिर भण्डारी बस्छन् । पशुपतिनाथको पूजाआजाको बन्दोबस्त मिलाउने जिम्मा भण्डारीको हो । तर, रेखदेखमा खटिएका भण्डारीको जानकारी बिनै राख्न लागिएको सुनको संरक्षण कसले गर्छ ? यसमा उनको प्रश्न छ । 

चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्नु गैरकानुनी रहेको कानुनी जानकार सञ्जय अधिकारी बताउँछन् । “पशुपतिनाथ कसरी विश्वसम्पदा सूचिमा सूचिकृत भयो थाहा छ,” उनले भने, “यस्तै किसिमका जलहरी शिवलिङ्गले नै गर्दा हो । धार्मिक सांस्कृतिक मुल्यमान्यतामा आधारित भएर यसको जगेर्ना गर्नुपर्छ । पशुपतिनाथमा पशुपति क्षेत्रविकास कोषले गुरुयोजनाको नाममा पशुपति क्षेत्रभित्रका कैयौं सम्पदा मासेको छ । यसमा निरन्तर खबरदारी गर्नेछौं । देशका यस्ता किसीमका सम्पदा हराउँदै गइरहेका छन् । अनुसन्धान गरे अनुसार पशुपतिको जस्तो शिवलिङ्ग विश्वको कुनै पनि देशमा छैन । चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्नु प्राचिन स्मारक ऐन विपरित छ । कानुनमा नभएका कुरा गर्न पार्इंदैन । ऐतिहासिक सम्पदालाई फेरबदल नगरी जस्ताको तस्तै राख्नुपर्छ ।”

Global Ime bank

उनले प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा १२ मा प्रस्ट उल्लेख रहेको भन्दै अगाडि भने, “कुनै प्राचीन स्मारकलाई नष्ट गरेमा, भत्काएमा, हटाएमा, परिवर्तन गरेमा, कुरुप बनाएमा वा चोरी गरेमा त्यस्तो प्राचीन स्मारकको बिगो बमोजिम रकम असुली उपर गरेमा २५ हजार रूपैँयादेखि एक लाख रूपैँयासम्म जरिबाना पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ । ऐनले  पुरानो हटाएर नयाँ राख्ने कुरालाई मान्यता दिँदैन । सम्पदालाई दुरुस्तै राख्नुपर्छ ।”

पशुपतिनाथको रेखदेख गर्दै आएका सुवर्ण बैद्यले गुह्येश्वरीमा पनि यस्तै लापरवाहीले सुन हराएको बताए । २०७५ भदौ ६ गते गुह्येश्वरी मन्दिरको अष्टदल मूर्तिमा १७३.५ तोला सुन हराएको थियो । सुरुमा ३७९ तोला सुन थियो । पछि २९४ तोला मात्रै बाँकी रहेको भन्दै उनी भन्छन्,  “नपुग १७३.५ तोला सुनको सत्यतथ्य खुलाउन माग भएको थियो । त्यसपछि सुनकै कारण पुजारी र पशुपतिनाथ रेखदेख गर्ने मानिसलाई आरोप आएको थियो । त्यसैले हामी हाम्रो परम्परा मास्न दिदैनाैं। माटोको छ भने माटोकोमै पूजा गर्छौं, ढुङ्गाको छ भने ढुङ्गामै पूजा गर्न तयार छौं । तर, कानुनमा हुँदै नभएको नियम हामी मान्न तयार छैनौं।” 

सम्पदा संरक्षकर्मी प्रकाश आमात्य पशुपतिनाथको महत्त्व बुझेरमात्रैै यसको काम अगाडि बढाउनुपर्ने बताउँछन् । विश्व सम्पदाको मापदण्डले पनि यस्तो कार्यलाई रोक लगाएको छ । यस्ता सम्पदाको काम एकलौटी गरेर मात्रै नहुने उनको भनाइ छ । “यसमा दक्ष अनुभवी जनशक्तिको आवश्यकता पर्छ । हामी विश्वसम्पदा सूचि र प्राचीन स्मारक संरक्षण ऐनभित्र बाँधिएका छाैं । त्यसैले शिवलिङ्ग जस्तो थियो, त्यस्तै राखिनुपर्छ । सुनले ढाकिँदैमा राम्रो हुने होइन । यसको ऐतिहासिकता झल्काउनु महत्वपूर्ण कुरा हो । हचुवाको भरमा पशुपतिको गर्भगृहमा आक्रमण गर्न लागिएको छ,” उनले भने । 

विवादै विवादबीच सुनको जलहरी राख्ने अथवा नराख्ने संरक्षणकर्मी नरोत्तम बैद्यको प्रश्न छ । “अहिले पशुपतिनाथ पुरानो पशुपतिनाथ जस्तो छैन,” उनले भने, ‘‘पशुपति क्षेत्रभित्रका मठमन्दिरको हालत हेरौं, वाग्मती नदीको हालत हरौँ । मुल मन्दिर समेत जिर्ण अवस्थामा रहेको छ । बरु यतातिर ध्यान जाओस् । नेपालीको स्वाभिमान गुमाउँने काम कसैले पनि नगरौँ ।”   

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC