देश
दाङ । दाङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्कँदा एकजनाको मृत्यु भएको छ ।
दगढवा गाउँपालिका–२, तिरतिरे डाँडास्थित जंगलमा सिकार खेल्ने क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किएर उनकै दाइ ४० वर्षीय इन्द्रबहादुर रानाको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीचौकी गोबर्डिया र इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतीकात्मक तस्बिर ।
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७ १४:१५
प्रतिक्रिया दिनुहोस्