site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागिपरेको छ : सञ्चारमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प सरकारको गन्तव्य भएको बताउँदै उनले त्यसलाई पूरा गर्न सरकार लागिपरेको बताए ।

शनिबार काठमाडौंको थापागाउँस्थित लेखनकुञ्जमा गायक नवीन कार्कीको गीतिसंग्रह ‘नविन’को लोकार्पण गर्दै उनले गीत–संगीतको माध्यमबाट पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न सर्जकहरुलाई आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘मुलुकलाई समृद्ध बनाउने काममा सरकार दृढतापूर्वक लागिरहेको छ,’’ उनले भने, ‘‘सरकारको सो अभियानमा गीत–संगीतको क्षेत्रमा लागेका सर्जकहरुले सक्दो सहयोग पुर्‍याउनुपर्दछ ।’’

उनले अहिलेको राजनीतिक परिस्थितिबाट विचलित नभई सर्जकहरुलाई अघि बढ्न पनि अनुरोध गरे । कार्यक्रममा मन्त्री गुरुङले वरिष्ठ संगीतकार शक्ति बल्लभलाई सम्मान गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  २२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !