site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको सभालाई लक्षित गर्दै प्रचण्डले भने– पञ्चर्‍यालीहरुमा पनि लाखौँ मान्छे जुटाएको देखेकै हो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चायतको बेलामा सामन्तहरुले आयोजना गर्ने सभामा पनि लाखौँ मान्छे जुट्ने गरेको बताएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार ललितपुरस्थित होटेल हेरिटेजमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली समूहले आज आयोजना गर्न लागेको सभालाई लक्षित गर्दै यस्तो बताएका हुन् । आज ओली समूहले दरबारमार्गमा ठूलो सभा गर्दै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ओली समूहको जुलुसमा पनि धेरै संख्या देखिएकोतर्फ संकेत गर्दै उनले आन्दोलनमा सहभागीहरुको संख्यालाई नहेरी मुद्दालाई हेर्नुपर्नेमा जोड दिए । ‘‘यो देशका सबै राम्रा ब्रेनहरु प्रतिगमन नै हो, यसलाई रोक्नुपर्छ भन्नेमा छन् । स्वार्थीहरु, अवसरवादीहरु क्षणिक फाइदाका लागि लाग्नेहरुको कुरा त छोड्दिउँ । हिजो पञ्चायतको बेलामा सामन्तहरुले आयोजना गर्ने पञ्चर्‍यालीहरुमा देशभरिबाट लाखौँ मान्छे जुटाउने गरेको देखेकै हो । ०४६ सालको आन्दोलनको ठिक अगाडि कत्रा कत्रा पञ्चर्‍याली हुन्थे,’’ उनले भने, ‘‘लोकतन्त्रको पक्षमा को छ, को छैन भनेर पो हेर्ने हो । मान्छेका टाउका कति छन् मुख्य कुरा होइन ।’’

उनले आफूहरुले मात्र नभई प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक नै हो भनेर सबै सडकमा आएकाले अहिलेको कम्युनिस्ट पार्टीभित्रको व्यक्तिको र पदको मात्र लडाइँ नभएको बताए ।

Global Ime bank

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC