site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचनका लागि बजेटको कमी हुँदैन : अर्थमन्त्री पौडेल
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनका लागि बजेटको कमी नहुने बताएका छन् । निर्वाचन आयोगसँगको छलफलका क्रममा मंगलबार उनले कोभिड-१९ को महामारीको समयमा निर्वाचन गर्नुपरेकाले खर्चमा मितव्ययिता, पारदर्शिता र जवाफदेहितामा समेत ध्यान दिन सुझाएका थिए ।

भेटका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका भइरहेका व्यवस्थापकीय कामबारे जानकारी दिएका थिए । निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न गराउन एवं विगतका निर्वाचनका तुलनामा मितव्ययी रूपमा खर्च गर्न र लागत प्रभावकारी रूपमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि बताए ।

Agni Group
NIC Asia

निर्वाचनमा कोरोना भाइरसको संक्रमणलाई समेत मध्यनजर गरी सबै किसिमका निर्वाचनसम्बन्धी गतिविधिहरू सञ्चालन गर्नुपर्ने भएकाले विगतको चुनावका तुलनामा बजेट व्यवस्थापनमा नयाँ र थप दबाब सिर्जना भएको थपलियाको भनाइ थियो ।

छलफलमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचन आयोग ऐन, २०७३ को दफा २८ को व्यवस्थाअनुसार आयोगबाट तयार गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन आर्थिक सञ्चालन कार्यविधि, २०७७ यसै साता आयोगबाट स्वीकृत हुने बताए ।
-फाइल तस्बिर

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu