देश
काठमाडौं । इलाम र रुपन्देहीमा दुईजना मृत अवस्थामा फेला परेका छन् । इलामको माङसेबुङ गाउँपालिका–६ स्थित मावा खोला किनारमा नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५, उजेलापुर बस्ने ३२ वर्षीय अबतारे डंगोरीया थारु बुटवल–१६, नरेनापुरस्थित तालमा मृत अवस्थामा फेला परेका छन् ।
प्रतीकात्मक तस्बिर ।
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७ १५:०८
प्रतिक्रिया दिनुहोस्